२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

शहीद लक्ष्मी पाण्डे चोकमा सामूहिक दुर्गा पूजा

२९ आश्विन २०७२, शुक्रबार ०५:३५

Durga Pujaअसोज २७, सुरुङ्गा (सास) । शहीद लक्ष्मी पाण्डे चौकमा सामूहिक दुर्गा पूजा शुरु गरिएको छ

कनकाई नगरपालिका वडा नं. ३ र वडा नं. ४ का युवाहरुको पहलमा
आयोजित नवदिवसीय दुर्गापूजाको एक भव्य समारोहका वीच प्रमुख अतिथि शास्त्री पण्डित भीष्मप्रसाद तिम्सिना
र विशिष्ट अतिथि कनकाई सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समाजसेवी रुद्रप्रसाद चिमरियाले उद्घाटन
गरे ।

कात्तिक ५ गते समापन गरिने दुर्गापूजाको आयोजना
गर्नुको मुख्य उद्देश्य आध्यत्मिक जागरणका माध्यमबाट सामाजिक एकता अभिवृद्धि गर्नु, पूजामा दाता
भक्तजनबाट स्वैच्छिक रुपमा प्राप्त दानबाट सुविधासम्पन्न ज्येष्ठ नागरिक फलैंचा निर्माण गर्नु र अन्य
सामाजिक संघसंस्थासँग समन्वय गरी फोहोर व्यवस्थापन गर्न पहल गर्ने रहेको आयोजक समितिले जनाएको छ

उक्त पूजा सम्पन्न गर्न सञ्जोग खरेल र सुनिल बस्नेतलाई
कार्यक्रम संयोजनको जिम्मेवारी दिइएको छ भने सुशील रोक्का अध्यक्ष, अजित कालीकोटे उपाध्यक्ष, नारायण
पौडेल र रमेश नेपाल सचिव, साजन बेडारी कोषाध्यक्ष तथा अनु ओली, नितेश बस्नेत, मनोज थापा, दीपक ओली,
प्रदीप कटुवाल, अनुज ओली लगायतका व्यक्तिहरु सदस्य रहेको ५१ सदस्यीय आयोजक समिति बनाइएको छ ।

कोषाध्यक्ष साजन बेडारी संयोजक र कृष्णप्रसाद ढकाल, गंगाप्रसाद तिम्सिना,
रमेश नेपाल र सञ्जोग खरेल सदस्य रहेको ५ सदस्यीय आर्थिक समिति गठन गरिएको छ ।

त्यसै गरी कविता बस्नेत संयोजक र गोकुल खनाल, नेत्र भट्टराई, धीरेन्द्र बस्नेत, राम
बेडारी, खेमराज दाहाल, हरिकृष्ण दाहाल र लोकनाथ खनाल रहेको सल्लाहकार समिति गठन गरिएको छ भने भीमप्रसाद
अधिकारी, हिरा थापा, रामप्रसाद घिमिरे, लक्ष्मीप्रसाद पाठक, बेदु मैनाली, धनमाया चिमरिया, टीकाप्रसाद
पाठक, मानता खरेललाई वरिष्ठ सल्लाहकारमा चयन गरिएको छ ।

इन्द्र
रोक्का, नन्दलाल अधिकारी लगायतको आतिथ्य रहेको उद्घाटन कार्यक्रममा सुरुङ्गा सहकार्य युवा क्लबका
अध्यक्ष राजकुमार कट्टेल, शिवशक्ति कीर्तन मण्डलीका संयोजक एवम् मेची–महाकाली पैदल यात्री पयिडत
हरिप्रसाद तिम्सिना, सुरुङ्गा प्रेस क्लबका तीर्थराज खरेल, कनकाई सामुदायिक वन समूहका अध्यक्ष
रुद्रप्रसाद चिमरिया, प्रमुख अतिथि भीष्मप्रसाद तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए

सुशील रोक्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन युवा
सञ्चारकर्मी गौरव पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने