२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

शहीद लक्ष्मी पाण्डे चोकमा सामूहिक दुर्गा पूजा

२०७२, २९ आश्विन शुक्रबार ०५:३५

Durga Pujaअसोज २७, सुरुङ्गा (सास) । शहीद लक्ष्मी पाण्डे चौकमा सामूहिक दुर्गा पूजा शुरु गरिएको छ

कनकाई नगरपालिका वडा नं. ३ र वडा नं. ४ का युवाहरुको पहलमा
आयोजित नवदिवसीय दुर्गापूजाको एक भव्य समारोहका वीच प्रमुख अतिथि शास्त्री पण्डित भीष्मप्रसाद तिम्सिना
र विशिष्ट अतिथि कनकाई सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समाजसेवी रुद्रप्रसाद चिमरियाले उद्घाटन
गरे ।

कात्तिक ५ गते समापन गरिने दुर्गापूजाको आयोजना
गर्नुको मुख्य उद्देश्य आध्यत्मिक जागरणका माध्यमबाट सामाजिक एकता अभिवृद्धि गर्नु, पूजामा दाता
भक्तजनबाट स्वैच्छिक रुपमा प्राप्त दानबाट सुविधासम्पन्न ज्येष्ठ नागरिक फलैंचा निर्माण गर्नु र अन्य
सामाजिक संघसंस्थासँग समन्वय गरी फोहोर व्यवस्थापन गर्न पहल गर्ने रहेको आयोजक समितिले जनाएको छ

उक्त पूजा सम्पन्न गर्न सञ्जोग खरेल र सुनिल बस्नेतलाई
कार्यक्रम संयोजनको जिम्मेवारी दिइएको छ भने सुशील रोक्का अध्यक्ष, अजित कालीकोटे उपाध्यक्ष, नारायण
पौडेल र रमेश नेपाल सचिव, साजन बेडारी कोषाध्यक्ष तथा अनु ओली, नितेश बस्नेत, मनोज थापा, दीपक ओली,
प्रदीप कटुवाल, अनुज ओली लगायतका व्यक्तिहरु सदस्य रहेको ५१ सदस्यीय आयोजक समिति बनाइएको छ ।

कोषाध्यक्ष साजन बेडारी संयोजक र कृष्णप्रसाद ढकाल, गंगाप्रसाद तिम्सिना,
रमेश नेपाल र सञ्जोग खरेल सदस्य रहेको ५ सदस्यीय आर्थिक समिति गठन गरिएको छ ।

त्यसै गरी कविता बस्नेत संयोजक र गोकुल खनाल, नेत्र भट्टराई, धीरेन्द्र बस्नेत, राम
बेडारी, खेमराज दाहाल, हरिकृष्ण दाहाल र लोकनाथ खनाल रहेको सल्लाहकार समिति गठन गरिएको छ भने भीमप्रसाद
अधिकारी, हिरा थापा, रामप्रसाद घिमिरे, लक्ष्मीप्रसाद पाठक, बेदु मैनाली, धनमाया चिमरिया, टीकाप्रसाद
पाठक, मानता खरेललाई वरिष्ठ सल्लाहकारमा चयन गरिएको छ ।

इन्द्र
रोक्का, नन्दलाल अधिकारी लगायतको आतिथ्य रहेको उद्घाटन कार्यक्रममा सुरुङ्गा सहकार्य युवा क्लबका
अध्यक्ष राजकुमार कट्टेल, शिवशक्ति कीर्तन मण्डलीका संयोजक एवम् मेची–महाकाली पैदल यात्री पयिडत
हरिप्रसाद तिम्सिना, सुरुङ्गा प्रेस क्लबका तीर्थराज खरेल, कनकाई सामुदायिक वन समूहका अध्यक्ष
रुद्रप्रसाद चिमरिया, प्रमुख अतिथि भीष्मप्रसाद तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए

सुशील रोक्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन युवा
सञ्चारकर्मी गौरव पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा