२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

आँगनमा अब प्रत्येक घण्टा समाचार

२०७२, १ कार्तिक आईतवार ०८:४४

Aagan Fmकात्तिक
१, बिर्तामोड (सास) ।
आँगन एफएम ८९.६ मेगाहर्ज विर्तामोडले घटस्थापनाको अवसर पार्दै दैनिक
समाचार बुलेटिनमा थप गरेको छ ।

हाल दैनिक १८ घण्टा प्रशारण
भइरहेको एफएमले अब प्रत्येक घण्टा समाचार बुलेटिन प्रशारण गर्ने भएको हो ।

प्रबन्ध निर्देशक ईन्द्रजित मुखियाका अनुसार विभिन्न मनोरन्जनात्मक, सूचनामुलक कार्यक्रमका
साथै उज्यालो नाईन्टी नेटवर्क, बिबिसी बिहानीपख र बेलुकी पखको समाचार प्रसारण गर्दै आएको एफएमले
श्रोताको चाहानालाई मध्यनजर गर्दै समाचार बुलेटिन थप गरेको हो ।

हालका समाचारमूलक
कार्यक्रमहरुः

बिहान ५ बजेदेखि नै प्रत्येक घण्टा छिटो
र विश्वको ताजा समाचार दिने बिबिसी अंग्रेजी बुलेटिन एक मिनेट प्रशारण भइरहेको छ ।

त्यस्तै, ५ः३० बजे आफ्नै उत्पादनमा रिपोर्ट र भक्सपप सहितको समाचार, ६ बजे
उज्यालो नाईन्टी नेटवर्कको काया कैरन, ६ः३० बजे स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकाहरुको समाचार, ७ः१५ मा
बिबिसीको बिहानी पख, ८ बजे न्यूज हाइलाइटस्, ९ बजे उज्यालो नाईन्टी नेटवर्कको नेपाल खबर, १० बजे न्युज
हाईलाईट्स, ११ बजे आँगन समाचार, १२ बजे उज्यालोको नेपाल खबर, दिउँसो १ बजे आँगन समाचार, २ बजे न्यूज
हाइलाइट, ३ बजे उज्यालोको नेपाल खबर, बेलुकी ४ बजे आँगन समाचार र ५ः३० बजे रिपोर्ट र भक्सपप सहितको आँगन
समाचार, ७ बजे न्यूज हाइलाइट्स, ८ बजे उज्यालोको नेपाल दर्पण र ९ः१५ मा बिबिसीको साँझपख सुन्न सकिने
जनाइएको छ ।

प्रभावकारी बनाइनेः

विश्वसनीय तथा ताजा समाचारमार्फत सहि सूूचना पुर्याउन प्रत्येक घण्टा
समाचारको अवधारणा ल्याइएको समाचार प्रमुख दिपेन लावतीले जनाएका छन् । स्थापना कालको छोटो अवधिमै
मनोरञ्जन र सूचनाको क्षेत्रमा नयाँ पहिचान बनाउँदै गरेको यस एफएमले भविष्यमा अझ बढि प्रभावकारी
कार्यक्रम र समाचारमूलक सामाग्री प्रशारण गर्दै जाने अध्यक्ष तपिल प्रकाश राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से