४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाका कोरोना सङ्क्रमित बालबालिकालाई कम्बलसहित स्वास्थ्य सामग्री सहयोग

१० मंसिर २०७७, बुधबार ०६:१८

मङ्सिर १०, सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका कोरोना सङ्क्रमित बालबालिकासहित शिक्षक कर्मचारीलाई युनिसेफ नेपालगञ्जले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ । मङ्गलबार युनिसेफ नेपालगञ्जले ५६ कोरोना सङ्क्रमितलाई स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको हो । याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालय र गुम्बा विद्यालयका गरेर ४९ विद्यार्थी तथा पाँच वृद्धवृद्धा गरी ५४ जनालाई याल्वाङमै वितरण गरिएको छ । दुई जना जिल्लाबाहिर सिफारिस गरिएकालाई समेत उक्त सामग्री प्रदान गरिएको छ ।

छपन्न कोरोना सङ्क्रमितलाई कम्बल, स्यानिटाइजर, मास्क, पञ्जा, थर्मोमिटर, जीवनजललगायतका स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिनुभयो । साथै कोरोना सङ्क्रमित दुई विद्यालयका ४९ बालबालिकालाई होम आइसोलेसनको अवधिभर बस्दा दिक्क नहोस् भनेर मनोरञ्जनका लागि खेलकूदका विभिन्न सामग्रीसमेत सहयोग गरिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

यस्तै युनिसेफले बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने सामग्रीसमेत निःशुल्क सहयोग गरेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छेपाल दोर्जे लामाले जानकारी दिनुभयो । बर्थिङ सेन्टरका लागि १०० न्यानो झोला वितरण गरिएको छ । कोभिडलक्षित सामग्री २१६, जीवनजल एक हजार प्याकेट, बालबालिकालाई खेलौना छ प्याकेट र कोरोना सङ्क्रमितलाई ६० वटा कम्बल निःशुल्क सहयोग गरिएको हो ।

हिमालयन बाल होस्टलमा बालबालिका र कर्मचारी गरी ३२, कैलाश मानसरोवर चिल्डे«न होस्टलमा एक र धार्मिक गुम्बा विद्यालयका १९ जना गरी ५२ सक्रिय सङ्क्रमित छन् । चार शिक्षक कर्मचारी कोरोना सङ्क्रमित छन् भने अन्य सबै कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रछात्रा सङ्क्रमित छन् । अहिले उनीहरु सबैको अवस्था सामान्य हुनुका साथै जिल्ला अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीको निगरानीमा रहेको ल्याब टेक्निसियन बलिराज भण्डारीले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ