२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सुरुङ्गा गोल्ड कपको तयारी पूरा

९ कार्तिक २०७२, सोमबार ०२:१३
आइतबार
सुरुङ्गास्थित होटल हायातमा अयोजित पत्रकार सम्मेलनमा सहभागी सुरुङ्गा जेसीजका पदाधिकारीहरु । तस्वीरः
विनोद पाण्ड 'कमल'

सुरुङ्गास्थित होटल हायातमा
अयोजित पत्रकार सम्मेलनमा सहभागी सुरुङ्गा जेसीजका पदाधिकारीहरु । तस्वीरः विनोद पाण्डे
‘कमल’

कात्तिक ८, सुरुङ्गा (सास)
सुरुङ्गा जेसीजको अयोजनामा प्रत्येक वर्ष हुँदै आएको ‘सुरुङ्गा गोल्ड कप’को तेस्रो संस्करणको
सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

आइतबार सुरुङ्गामा
पत्रकार सम्मेलनको आयोजना गरी यही कात्तिक १३ गतेबाट हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको
जनाइएको हो ।

यस संस्करणमा पुरस्कारराशी वृद्धि गरी प्रथम हुने
टोलीलाई २ लाख ५१ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने टोलीलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ बनाइएको
सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले जानकारी दिएका छन् ।

प्रतियोगितामा झापा–११, रुपेन्देही–११, एपीएफ काठमाण्डौं, सरस्वती क्लब काठमाण्डौं,
कालेम्पोङ्ग क्लब भारत, कासा–११ झापा, चर्च ब्वाइज युनाइटेड काठमाण्डौं र भुटान क्लीयरिङ्ग फुटबल क्लब
बीच प्रतिष्पर्धा हुने सुरुङ्गा जेसीज वर्ष २०१५ का अध्यक्ष त्रिलोचन चिमरियाले जनाए ।

महासचिव त्रिलोचन चिमरियाले सञ्चालन गरेको पत्रकार सम्मेलनमा कार्यकारिणी
उपाध्यक्ष विनोद उप्रेतीले स्वागत, खेलकुद संयोजक राजु पाठकले औचित्य माथि प्रकाश र मैदान व्यवस्थापक
दिलकुमार कार्कीले मैदानको अवस्था बारे जानकारी दिएका थिए ।

त्यस्तै, टीम म्यानेजमेन्ट तर्फका संयोजक भीम भट्टराईले टीमको छनौटका विषयमा जानकारी दिएका
थिए भने सञ्चार संयोजक मनोज बस्नेतले सञ्चार क्षेत्रको व्यवस्थापनका बारेमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…