२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीका सात क्रसर उद्योग मापदण्ड विपरित

१२ मंसिर २०७७, शुक्रबार १५:४०

मङ्सिर १२, गण्डकी (रासस) । कास्कीका विभिन्न नदी तथा खोलाको छेउमा स्थापना गरी सञ्चालनमा आएका सात वटा क्रसर उद्योग मापदण्ड विपरीतरहेको पाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीको नेतृत्वमा यही मङ्सिर ८ र ११ गते गरिएको अनुगमन टोलीले जिल्लाका सात क्रसर उद्योग मापदण्ड विपरीतभेटेको हो ।

माछापुच्छ्रे गाउँपालिका–२ भरावारीमा निर्माणाधिन सेती हाइड्रोपावरका लागि स्थापना गरिएको एक क्रसर उद्योग, वडा नं १ स्थित झोमोलोङ्गा हाइड्रोपावर निर्माणका लागि तयार गरिएको क्रसर उद्योग, हेमजा, भेडावारी, लुम्रे सडक स्तरोन्नतिका लागि वडा नं ४ को समिबगरमा रहेको क्रसर पनि दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा ल्याएको पाइएको हो ।

त्यस्तै माछापुच्छ«्रे गाउँपालिका–२ स्थित केउसरा बहारा क्रसर उद्योगको निर्माण भइरहेको छ । क्रसरका लागि मेसिन राख्ने अनुमति नलिएको सो कम्पनीले क्रसर सञ्चालनका लागि लिनुपर्ने वातावरणीय मूल्याङ्कन (इआइ) रिपोर्टसमेत नलिएको प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मङ्सिर ८ गते पोखरा महानगपालिका–३२ स्थित स्टोड्र एग्री गोल्ड बल्क उद्योग, पोखरा २९ मुसेटुडास्थित कार्यसिद्धि विनायक निर्माण उद्योग र पोखरा १४ चाउथेस्थित कन्ट्राक प्रालिले सञ्चालन गरेको क्रसर उद्योग अनुगमन गर्दा मापदण्ड विपरीत रहेको पाइएको थियो ।

“जिल्लाका रुपा र मादी गाउँपालिकामा भने हालसम्म कुनै पनि क्रसर उद्योग स्थापना गरिएको जानकारी पाइएको छैन”, उहाँले भन्नुभयो, “पोखरा महानगरपालिका, माछापुच्छ्रे र अन्नपूर्ण गाउपलिकामा १६ वटा क्रसर उद्योग रहेको तथ्यांक रहेपनि केही थपिन सक्ने सम्भावना छ ।

” नेपाल सरकार मन्त्री परिषद्को साउन ५ गतेको निर्णयअनुसार नदीको ५०० मिटर, रार्जमार्गबाट ५०० मिटर, पुलभन्दा माथि २०० मिटर, पुलभन्दा तल ५०० मिटर वन, शिक्षण संस्था, हाइटेसनको लाइन, धार्मिक संस्थाबाट २०० मिटर टाढा राख्नुपर्ने मापदण्ड लागु गरिएको छ । 

अनुगमन गरिएका क्रसर उद्योगलाई उद्योगसम्बन्धी सबै कागजात लिएर जिल्ला समन्वय समितिमा उपस्थित हुन निर्देशन दिइएको समन्वय प्रमुख क्षेत्रीले जानकारी दिनुभयो । गैरकानूनीरुपमा प्राकृतिक श्रोत साधनको दोहन गर्ने र राज्यलाई कर नतिर्ने अवस्थाको अन्त्य गर्न प्रयास भइरहेको उहाँको भनाइ छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालका अनुसार क्रसर उद्योग सञ्चालनसम्बन्धी सरकारले बनाएको नयाँ मापदण्ड पूरा नगरी स्थापना भइ सञ्चालनमा आएका उद्योगलाई तत्काल बन्द गरिनेछ ।

जिल्ला समन्वय समितिका प्रमुख अधिकारीसहित प्रजिअ ढकाल, जिल्ला प्रहरी कार्यालय प्रमुख, सशस्त्र प्रहरी बल कालीका गणका प्रमुख जनक, जिल्ला वन कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला मालपोत कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो