२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ नगरपालिकाद्वारा टोल बस्तीमा पुगेर योजना सम्झौता

२०७७, १३ मंसिर शनिबार ०६:०७

मङ्सिर १३, बलेवा (रासस)  । बागलुङ नगरपालिकाले पहिलो पटक वडा तहको बस्तीमा पुगेर योजना सम्झौता गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले सबै वडामा पुग्ने, जनताको समस्या बुझ्ने र कम खर्चिलो बनाउनका लागि वडा तहमा पुगेर आजदेखि योजना सम्झौताको कार्यक्रम बनाएको बताउनुभयो । 

“मैले अन्यत्र यस्तो काम गरेको थिएँ, यहाँ मात्र नयाँ प्रयोग हुने हो”, उहाँले भन्नुभयो, “अब कामले छिट्टै गति लिन्छ ।” उहाँका अनुसार हरेक वडामा ४० देखि ५० वटासम्म योजना छन् । ती योजनाका अध्यक्ष, सचिव र कोषाध्यक्ष पटकपटक नगरपालिका धाउनुपर्ने र उनीहरूले गर्ने खर्चभन्दा नगरपालिकाको एउटा टिम प्रत्यक्ष पुग्दा सबैको काम एकैदिन सकिने उहाँले अनुभव सुनाउनुभयो । 

बागलुङ नगरपालिकामा झण्डै ५५० योनजा चालु वर्ष कार्यान्वयन गर्नुपर्ने तालिकामा छन् । पहिलो चौमासिकभित्र योजना सम्झौता भएका छैनन् । तिहारपछि सबै वडाका योजनामा उपभोक्ता समिति गठन, लागत स्टिमेट निकाल्नेजस्ता काम भइरहेको इञ्जिनीयर त्रिलोचन गिरीले बताउनुभयो । “एकदुई योजना सम्झौता पहिला भएका छन्, तर सबै प्राविधिक योजनाको लागत स्टिमेट बनाउन लागेका छौँ”, गिरीले भन्नुभयो, “गाउँमै पुगेर योजना सम्झौता गरियो भने उपभोक्तालाई काम गर्ने जाँगर पनि बढ्ने देखिन्छ ।” 

चालु वर्ष जैमिनी नगरपालिकाले पनि केही योजना उपभोक्तामाझ पुगेर सम्झौता गर्न तयारी गरेको छ । योजना अधिकृत प्रेम सापकोटाले उपभोक्तालाई नगरपालिकामा बोलाएर गर्ने सम्झौताको तुलनामा कम खर्च हुने अवस्थामा बस्तीमा पुगेर सम्झौता गर्ने बताउनुभयो ।

समयमै कामसमेत थालेर वर्षात्अघिनै काम सक्ने, फरफारक गर्ने र बजेटको सदुपयोग गर्ने अभियान चलाउने सापकोटाको योजना छ । गत वर्षहरूमा असारमा सम्झौता गरेर काम अलपत्र छाड्ने प्रवृत्ति बढी थियो । बागलुङ नगरपालिकाका कतिपय योजना अहिले पनि समयमा नसकिएर अलपत्रजस्तै छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु