२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ नगरपालिकाद्वारा टोल बस्तीमा पुगेर योजना सम्झौता

१३ मंसिर २०७७, शनिबार ०६:०७

मङ्सिर १३, बलेवा (रासस)  । बागलुङ नगरपालिकाले पहिलो पटक वडा तहको बस्तीमा पुगेर योजना सम्झौता गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले सबै वडामा पुग्ने, जनताको समस्या बुझ्ने र कम खर्चिलो बनाउनका लागि वडा तहमा पुगेर आजदेखि योजना सम्झौताको कार्यक्रम बनाएको बताउनुभयो । 

“मैले अन्यत्र यस्तो काम गरेको थिएँ, यहाँ मात्र नयाँ प्रयोग हुने हो”, उहाँले भन्नुभयो, “अब कामले छिट्टै गति लिन्छ ।” उहाँका अनुसार हरेक वडामा ४० देखि ५० वटासम्म योजना छन् । ती योजनाका अध्यक्ष, सचिव र कोषाध्यक्ष पटकपटक नगरपालिका धाउनुपर्ने र उनीहरूले गर्ने खर्चभन्दा नगरपालिकाको एउटा टिम प्रत्यक्ष पुग्दा सबैको काम एकैदिन सकिने उहाँले अनुभव सुनाउनुभयो । 

बागलुङ नगरपालिकामा झण्डै ५५० योनजा चालु वर्ष कार्यान्वयन गर्नुपर्ने तालिकामा छन् । पहिलो चौमासिकभित्र योजना सम्झौता भएका छैनन् । तिहारपछि सबै वडाका योजनामा उपभोक्ता समिति गठन, लागत स्टिमेट निकाल्नेजस्ता काम भइरहेको इञ्जिनीयर त्रिलोचन गिरीले बताउनुभयो । “एकदुई योजना सम्झौता पहिला भएका छन्, तर सबै प्राविधिक योजनाको लागत स्टिमेट बनाउन लागेका छौँ”, गिरीले भन्नुभयो, “गाउँमै पुगेर योजना सम्झौता गरियो भने उपभोक्तालाई काम गर्ने जाँगर पनि बढ्ने देखिन्छ ।” 

चालु वर्ष जैमिनी नगरपालिकाले पनि केही योजना उपभोक्तामाझ पुगेर सम्झौता गर्न तयारी गरेको छ । योजना अधिकृत प्रेम सापकोटाले उपभोक्तालाई नगरपालिकामा बोलाएर गर्ने सम्झौताको तुलनामा कम खर्च हुने अवस्थामा बस्तीमा पुगेर सम्झौता गर्ने बताउनुभयो ।

समयमै कामसमेत थालेर वर्षात्अघिनै काम सक्ने, फरफारक गर्ने र बजेटको सदुपयोग गर्ने अभियान चलाउने सापकोटाको योजना छ । गत वर्षहरूमा असारमा सम्झौता गरेर काम अलपत्र छाड्ने प्रवृत्ति बढी थियो । बागलुङ नगरपालिकाका कतिपय योजना अहिले पनि समयमा नसकिएर अलपत्रजस्तै छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य