२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सुरुङ्गा गोल्ड कपः झापा–११ को विजयी शुरुवात

२०७२, १३ कार्तिक शुक्रबार ११:५१

सुरुङ्गा, १३ कात्तिक । सुरुङ्गा
जेसिजद्वारा आयोजित सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । उद्घाटन खेलमा रमपम
झापा–११ ले  रुपन्देही–११ लाई पाखा लगाउँदै  आफ्नो विजयी यात्रा शुरु गरेको छ ।

surunga footbal

रमपम झापा–११ का तर्फबाट पहिलो हाफको अन्तिम
समयमा जर्सी नम्बर २१ का खेलाडी खमिर गिल्सन कन्दङ्वाले गरेको गोल नै निर्णायक गोल बनेको थियो । खेलमा
एक मात्र गोल गर्नेे जर्सी नम्बर २१ का खेलाडी कन्दङ्वा म्यान अफ द म्याच घोषित भए ।

शनिबार हुने खेलमा कालेम्पुङ्ग फुटबल क्लब, भारत र कनकाई खेलकुद प्रतिष्ठान
(कासा)–११, झापा बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय लिग अन्तर्गतका खेलहरु समेत भइसकेको स्थानीय कनकाई उच्च मा.वि.को खेलमैदानमा भएको
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले समुद्घाटन गरे ।

प्रमुख अतिथि सदस्यसचिव विष्टले युवाहरुको सृजनात्मकतालाई बढावा दिदै उनीहरुलाई
विकासको बाटोमा लैजानुपर्ने बताए । उनले खेलको माध्यमद्वारा युवाहरुको एकता र परिचालनका लागि भूमिका
खेलेकोमा सुरुङ्गा जेसीजलाई धन्यवाद दिए । बन्दमुक्त शान्तिक्षेत्र सुरुङ्गामा भइरहेको यो खेलको विशिष्ट
महत्व रहेको उनले बताए ।

प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा
फुटबल टिमको सहभागिता रहेको छ । कनकाई स्पोर्ट्स् एकाडेमी (कासा–११), झापा–११, ए.पी.एफ. काठमाण्डौं,
रुपन्देही–११, चर्च बोइज युनाइटेड काठमाण्डौं, भुटान क्लिरियरिङ फुटबल क्लब भुटान, सरस्वती क्लब
काठमाण्डौं र कालिम्पोङ फुटबल क्लब भारतको सहभागिता रहेको छ ।

प्रतिष्पर्धामा विजेता टिमलाई २ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र र उपविजेता
टिमलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने र उक्त प्रतियोगिता सञ्चालन
गर्न १९ लाख ७२ हजार २ सय २२ रुपैयाँ खर्च हुने सुरुङ्गा जेसीजका सञ्चार संयोजक मनोज बस्नेतले बताए ।
कनकाई नगरको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो र उत्कृष्ट फुटबल प्रतियोगिताको रुपमा मानिएका उक्त
प्रतियोगिताको प्रथम पुरस्कारको सहारा नेपालले प्रायोजन गरेको सुरुङ्गा जेसीजका कार्यकारिणी उपाध्यक्ष
बिनोद उप्रेतीले जानकारी दिए ।

कार्यक्रममा नम्बर २१ बाहिनी
अड्डाका बाहिनीपति सहायक रथी शिवराम खरेल, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम् पूर्वाञ्चल
संयोजक जलकुमार गुरुङ्ग, नेपाल भलिबल संघका केन्द्रीय चिव मदन खडका, सोही संघका केन्द्रीय सदस्य लेखनाथ
पराजुली, कनकाई उच्च मा.वि. का विद्यालय व्यवस्थापन समिति अध्यक्ष लीलाप्रसाद भेटवाल, कनकाई बहुमुखी
क्याम्पसका अध्यक्ष केदारप्रसाद गिरी, ज्ञानज्योति युवा क्लबका संस्थापक अध्यक्ष सुनिल भेटवाल, कनकाई
स्पोर्ट्स एकाडेमीका अध्यक्ष ज्योतिकुमार उप्रेती लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा कनकाई उच्च
माविका प्राचार्य ईश्वरीप्रसाद शिवाकोटी र विशिष्ट अतिथि झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद
पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

सुरुङ्गा गोल्ड कप–२०७२
का कार्यसम्पादन समितिका संयोजक एवम् सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया, पूर्व
अध्यक्षहरु एलपी उप्रेती, मोतीखर ओझा, जनक कार्की, निवर्तमान अध्यक्ष शिवकुमार कडेल, खेलमैदान
व्यवस्थापन समितिका संयोजक दिलकुमार कार्की लगायतको सहभागिता रहेको ८ हजार बढी दर्शकका माझ सम्पन्न
उद्घाटन कार्यक्रमको अध्यक्षता सुरुङ्गा जेसीज वर्ष २०१५ का अध्यक्ष त्रिलोचन चिमरियाले गरेका थिए भने
स्वागत खेल संयोजक राजु पाठकले गरेका थिए । सुरुङ्गा जेसीजका कानुनी सल्लाहकार डी.पी. गौतमले औचित्य
माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव त्रिलोचन उप्रेती र मूल आयोजक समितिका सदस्य भीमप्रसाद
भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से