२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एटेण्डले विध ल्यावको सहकार्यमा राइडरको निःशुल्क कोभिड परीक्षण गराउने

२०७७, २२ मंसिर सोमबार ०६:०७

मङ्सिर २२, काठमाडौं । बहुआयामिक सुविधा सहित सञ्चालनमा आएको राइड सेयरिङ एप्लिकेसन एटेण्ड एपले आफूसँग आबद्ध सबै सवारी चालकहरुको निःशुल्क कोभिड १९ परीक्षण गराउने भएको छ । दुई पांग्रे सवारी एवं चार पांग्रे सवारीमा कार, जिप, एम्बुलेन्स, शववाहन, ट्याक्सी जस्ता विविध साधनलाई आफ्नो सेवाको सूचीमा राखेर गत मंगलबारबाट सुरु भएको एटेण्ड एपले आफूसँग आबद्ध हुने सबै चालकको कोभिड परीक्षण गराएर मात्रै सेवामा आबद्ध गराउने भएको हो ।

यो नीति अनुसार बिध ल्याबको सहकार्यमा एपले आइतबारदेखि नै चालकहरुको परीक्षण र एपमा दर्ता गराउन सुरु गर्ने तयारी गरिएको एटेण्ड एपका निर्देशक भीमकान्त भण्डारीले जानकारी दिए । आफ्ना सेवाग्राहीलाई संक्रमण मुक्त भएको विश्वास दिलाउने एवं सेवामा खटिने राइडरको मनोबल बढोस् भन्ने उद्देश्यले निःशुल्क कोभिड परीक्षण गराउने तयारी गरिएको भण्डारी बताउँछन् । पछि पनि चालकहरुको समयसमयमा यसैगरी निःशुल्क परीक्षण गराइरहने योजना रहेको भण्डारीले बताए । 

सो एपमा जोडिन चाहने राइडरहरुले आइतबारदेखि कुपण्डोलस्थित होटल हिमालयको छेउमा रहेको बिध ल्याबमा सवारी साधनसहित गएर आफ्नो कोभिड परीक्षण गराउन सक्नेछन् । एटेण्ड एप प्रयोगकर्ताले प्ले स्टोर वा एप स्टोर म गएर एटेण्ड डाईभर डाउलोड गर्नूपर्नेछ । सोही ल्याबको प्राङ्गणमा एटेण्ड एपका आधिकारिक व्यक्तिहरुलाई समेत नयाँ सदस्यताको लागि राख्ने र उनीहरुले नै कोभिड परीक्षण भएपछि एटेण्ड एपमा समेत रजिस्ट्रर गर्ने व्यवस्था मिलाइएको भण्डारी बताउँछन् । यसरी गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरुलाई स्वस्थ्य सर्टिपिकेट जारी गरेपश्चात मात्र राइडरले सोही दिनदेखि र पोजिटिभ रिपोर्ट आएका चालकको १४ दिनपछि फेरि परीक्षण गरेर मात्रै एटेण्ड एपमा जोड्ने तयारी रहेको भण्डारी बताउँछन् । 

एटेण्ड एपले जाडो महिनामा कोरोना परीक्षणको जोखिम बढी हुने भएकोले आफ्नो सञ्जाललाई विश्वास गरेर यात्रा गर्ने यात्रु र चालक दुवैको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो योजना ल्याइएको एप व्यवस्थापन पक्षको भनाइ छ । थप जानकारी एटेण्ड को कल सेन्टर ९८०२०४२५२३ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनिले यस अघि आफूसँग आवद्ध सम्पुर्ण राईडरको को विमा तथा हाल लाई सेवा शुल्क नलिने घोषण गरिसकेको छ । उक्त सेवा नेपाल भरी सनचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट