2026-06-17 10:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुद्ध र सहज ‘वैदिक श्राद्ध पद्धति’सार्वजनिक

मङ्सिर २२, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले गर्ने धार्मिक कर्मका पुस्तकमा अशुद्धि वृद्धि हुँदै जान थालेपछि शुद्ध पुस्तक प्रकाशनका लागि अभियान चलाउने युवा देखा पर्न थालेका छन् । ज्यो.पं विष्णु प्रसाद खनालको समुहले ‘वैदिक श्राद्ध पद्धति’नामक पुस्तक सार्वजनिक गरेको छ ।

हामीले सकेको शुद्ध र स्पष्ट पुस्तक बजारमा ल्याएका छौं, खनालले भने "विद्वत वर्गमा आफुहरु बाट केही त्रुटी भएको भएमा सल्लाहको अपेक्षा गरेका छौं ।" बजारमा पाइने पुस्तकमध्येमा शुद्ध र सहजरूपमा बुझ्न सकिने गरी निकै मिहिनेत र अथक प्रयासमा  पुस्तक सम्पादन गरिएको उहाँले जानकारी दिए ।

यसअघि बजारमा आएका श्राद्धलगायत कर्मकाण्डका पुस्तकमा विभिन्न ग्रन्थबाट ल्याइएका मन्त्रलाई सम्पादकले नै लेखे जसरी लेखक भन्ने गरिएकामा यसमा भने सङ्कलक उल्लेख गरिएको छ ।वेदका मन्त्रसमेत ‘मैले लेखेको हुँ’ भन्ने सन्देश दिने लेखकका बीच यस पुस्तकमा भने स्रोत सामग्री पनि उल्लेख गरिएको छ । वैदिक र लौकिक मन्त्र छुट्टयाइएकोले उच्चारणमा सहजता हुनेछ ।

पुस्तकमा कुन मन्त्रलाई कुन वेदबाट ल्याइएको हो भन्ने समेत खुलाइएको छ । पुस्तकमा छ वटा श्राद्ध विधि दिइएको छ । यसअघि बजारमा आएका पुस्तकमा चारवटासम्म मात्र श्राद्धविधि दिइएको हुन्थ्यो ।पुस्तकमा एकोद्दिष्ट, पार्वण, एकापार्वण, तीर्थ, अभिधवा मातृनवमी र त्रिपिण्डी श्राद्ध विधिका साथै श्राद्धमा प्रयोग हुने विभिन्न वैदिक सूक्त पनि दिइएको छ । तर्पण क्रम, श्राद्ध सामग्री, तर्पण गर्ने र श्राद्ध गर्ने स्थलको सचित्र वर्णन गरी प्रकाशित पहिलो पुस्तक भएकाले संस्कृत वाक्य जान्ने तर काम नगरेकाको लागि र गर्ने दुवैका लागि उपयोगी पुस्तकका रूपमा आएको छ ।दुई सय ५६ पृष्ठको पुस्तकको मूल्य ३५५ रुपैयाँ तोकिएको छ ।

पुस्तक तयार पार्न प्रमुख सम्पादक ज्यो.पं बिष्णु प्रसाद खनाल तथा नारायणप्रसाद कोइराला, सुदीपकुमार पौडेल,  र बालमुकुन्द अर्यालको समूह लागि परेको हो । पुस्तकका लागि सामग्री सङ्कलन भने मणिराम कोइरालाले गरेका हुन् ।

पुस्तकमा श्राद्धमा प्रयोग हुने विभिन्न शब्दका रूप र विभक्तिसमेत उल्लेख गरिएको छ । वैदिक शास्त्रमा ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः’ अर्थात् ‘पितृले वाक्य शुद्ध उच्चारण चाहन्छन्, देवताले भने भावमात्र भए पनि चित्त बुझाउँछन्’ भनी उल्लेख गरिएको छ ।

वाक्य शुद्ध नभए श्राद्ध गरे वा गराए दुवैको फल नपाइने पनि शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । विद्यापीठमा प्रशिक्षण लिइरहेको समूहले सनातन धर्ममा देखिएका विकृति अन्त्य हुने गरी शुद्ध र सहज पुस्तक प्रकाशन गरेकामा प्राचार्य गणेशप्रसाद घिमिरेले खुसी प्रकट गरेका छन् ।

सामान्य पढेलेखेकाले पनि विधिपूर्वक श्राद्ध कर्म गर्न पुस्तक उपयोगी हुने उनको विश्वास छ । समूहले विभिन्न कर्मका लागि आवश्यक अन्य १० पुस्तक पनि प्रकाशनको तयारी गरिरहेको जनाइएको छ । अग्निस्थापना, दुर्गा पूजा विधि, जन्मोत्सव पूजाविधि, स्वस्थानी पूजाविधि, हरितालिका पूजाविधि, जातकर्म विधि, दशगात्रविधि, पूर्वाङ्ग विधि, पुरुषोत्तम पूजा विधि र सरस्वती पूजा विधि पनि प्रकाशनको तयारी भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु