मंसिर २२, काठमाडौँ | आफ्नै अनुयायी माथि बलात्कारको आरोप लागेका सुनसरीको चतरा धामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ | सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने भन्दै सफाई दिएको हो |
जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलका अनुसार,सिद्धबाबाल सफाइ पाउने ठहर भएको हो | यसअघि सरकारी वकिलले पेशी सार्न निवेदन दिएका थिए | उक्त निवेदनको बेवास्था गर्दै सोमबार नै फैसला गरिएको थियो |
पेसी सार्ने पत्र दर्ता नभएपछि सरकारी वकिलको कार्यालय भने सोमबार बहस गर्न गएको थिएन |