2026-06-18 01:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमित कर्मचारीलाई १४ दिन बिदा दिने प्रस्ताव कार्यान्वयनमा

मंसिर २३, काठमाडौं । कोभिड–१९ को संक्रमण भएका सार्वजनिक निकायका कर्मचारीहरुको आइशोलेसनमा बसेको अवधिलाई सरकारले सार्वजनिक बिदाको रुपमा जनाउन सुरु गरिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसरी आईशोलेसनमा बसेको अवधिलाई सार्वजनिक बिदाको रुपमा जनाउने व्यवस्था गर्न सबै मन्त्रालय, सचिवालय, आयोग प्रतिष्ठान, विभाग, जिल्ला समन्वय समिति तथा स्थानीय तहहरुलाई यो व्यवस्था कार्यान्वयन गर्न परिपत्र गरेको हो ।

त्यस्तै, संक्रमणको लक्षण देखिएर आइशोलेसनमा बसेका कर्मचारीलाई अस्पताल भर्ना भएको अवधिभर बिदा कायम गर्न समेत मन्त्रालयले परिपत्र गरेको छ । यसरी बिदा बस्दा यसको व्यहोरासहित कार्यालय प्रमुखले बिदा प्रणाणित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, सार्वजनिक निकायका कुनै कर्मचारी संक्रमित भएमा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई समेत कार्यालय आउन नपर्ने व्यवस्था गरिएको छ । यस्तो अवस्थामा कन्ट्याक्ट ट्रेसिङमा नपरेका कर्मचारीहरुबाट मात्रै सार्वजनिक सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको छ । यसको नियमित अनुगमन गर्ने काम सम्बन्धित मन्त्रालय तथा प्रदेश संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको हुने उल्लेख गरिएको छ ।

मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले कोभिड–१९ को संक्रमणका कारण नियमित रुपमा हाजिर हुन नसकेका कर्मचारीको सम्बन्धमा सार्वजनिक बिदा कायम गर्ने सम्बन्धमा निर्णय गरेको थियो । यो परिपत्रसँगै यसअघि आइशोलेसन वा अस्पतालमा रहेका संक्रमित कर्मचारीको हकमा समेत बिदा कायम गर्ने बाटो खुल्नेछ ।

संघीय मामिला मन्त्रालयले निजी क्षेत्रका संघ संस्था तथा कार्यालयहरुलाई समेत यही अनुसार व्यवस्था गर्न अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु