Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रिक्साचालकद्वारा रिक्सामा छुटेको सात लाख फिर्ता

२०७७, २४ मंसिर बुधबार ०२:४०

 मङ्सिर २४, राँझा (रासस) । नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुभएको छ ।

सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मङ्गलबार जिल्ला प्रहरी कार्यालमा पुगेर फिर्ता गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार रिक्सामा झोला छुटेको जानकारी पाएलगत्तै नाथले सोमबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराउनुभएको थियो । पैसासहितको झोला हराएको खबर पाएको प्रहरीले सडकमा राखिएको सिसी क्यामेराको मद्दतले नाथ चढेको भे१ह ५०१९ नंको अटोरिक्सा पहिचान गरी चालकलाई खबर गरेपछि रकम फिर्ता भएको हो ।

प्रहरीले रिक्साचालक बर्मालाई सम्पर्क गरी रकमसहितको झोला मगाएको थियो । झोला बोकेर प्रहरी कार्यालय पुग्नुभएका बर्माले प्रहरीको रोहवरमा सम्बन्धित व्यक्तिलाई झोला फिर्ता गर्नुभएको हो । प्रविधिको प्रयोगबाट नगदसहितको झोला हराएको केहीबेरमै फेला पार्न प्रहरी सफल भएको प्रहरी उपरीक्षक रानाले बताउनुभयो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेले जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका अभियुक्तलाई ११ वर्षपछि पक्राउ गर्न सफल भएको छ । सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका बाँकेको नरैनापुर गाउँपालिका–२ का ३४ वर्षीय हेमन्तकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको बाँकेका प्रहरी उपरीक्षक रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शर्माले विसं २०६६ कात्तिक २७ गते राति साविकको कालाफाँटा गाविस–३ हाल नरैनापुर गाउँपालिका–३ निवासी सात वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेका थिए । उनलाई जिल्ला अदालत बाँकेले विसं २०६८ असार ३१ गतेको १० वर्ष कैद सजायको आदेश सुनाएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै