५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा घरदैलोमै स्वास्थ्य सेवा

२४ मंसिर २०७७, बुधबार ०६:०५

मङ्सिर २४, सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकाले यो आर्थिक वर्षदेखि स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको छ । घरदैलो स्वास्थ शिक्षा कार्यक्रम हरेक महिनाको २१ र २२ गते नियमीत सञ्चालन गरिँदै आएको छ । यो कार्यक्रम विषेश गरी फरक क्षमता भएका, ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन गरिँदै आएको गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिनुभयो । 

नागरिकले घरआगनमै स्थानीय सरकार आएको थप अनुभूति गर्न पाउन भनेर कार्यक्रम सञ्चालन गरिएको संयोजक शाहीले बताउनुभयो । यहाँका अधिकांश नागरिकले स्वास्थ्य संस्थामा गएर सेवा लिन नसक्ने अवस्था भएपछि घरदैलो कार्यक्रम थालिएको हो । गाउँपालिकाका ७० वर्षीय दोर्मा हमालले भन्नुभयो, “यो बुढेसकालमा लौरो टेकेर उपचारका लागि स्वास्थ्य चौकीमा पुग्नुपथ्र्यो, तर आजभोलि घरमै आएर उपचार दिनथालेपछि सरकार घरआगनमै आएको महशसुस भएको छ” । उहाँले फेरि थप्नुभयो, “उपचार गर्न घरमा आएका स्वास्थ्यकर्मीले सान्वना दिएर खुशी बाँडेको देखेर थप उत्साहित भएको छु” । 

यस्तै अर्का स्थानीयवासी ८६ वर्षका नन्दबहादुर हमालले भन्नुभयो, “यसरी घरमै पुगेर यस्तो सेवा पाउँला भन्ने सोचेको थिइएन तर पछिल्लो समय यो सेवा पाउँदा सारै खुशी भएको छु” । उहाँले भन्नुभयो, “हामी जस्ता स्वास्थ्य संस्थासम्म पुग्न नसकेका ज्येष्ठ नागरिक बिरामीका लागि यो कार्यक्रम प्रभावकारी भएको छ” । गाउँपालिकाले सञ्चालनमा ल्याएको घरदैलो कार्यक्रममा अहिलेसम्म १४१ नागरिकले सेवा पाएको छिप्रा स्वास्थ्यौकिका अहेब प्रेम रावलले जानकारी दिनुभयो । गाउँपालिका–१ देखि ५ सम्म स्थानीय स्वास्थ्य चौकी, सामुदायिक एकाई र सामुदायिक अस्पताल गरेर दश स्वास्थ्य संस्था रहेका छन् भने एक डाक्टरसहित ३६ स्वास्थ्यकर्मी रहेका अहेब रावलले जानकारी दिनुभयो । 

यस्तै अस्थायी कोभिड अस्पतालका लागि एक डाक्टर, एक ल्याब टेक्निसियन र दुई स्टाफ नर्स रहेको उहाँले जानकारी दिनुभयो । आम नागरिकको घर दैलोमा पुगेर बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै अन्य स्वास्थ्य सम्बन्धी परामर्शसमेत दिइने गरेको छ । स्वास्थ्यसेवा प्रदान गर्ने क्रममा गत वर्षको अनुदानबाट गाउँपालिकाको स्वास्थ्य शाखाले सबै नागरिकलाई घरमै स्वास्थ्यकर्मी पुर्याएर सेवा प्रदान गर्न घरदैलो कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिनुभयो । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने