मंसिर २४, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा थप १०५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो |
योसंगै कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ | हालसम्म २ लाख ३० हजार ५३३७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छन् | मन्त्रालयका अनुसार,१६५१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ |
नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएको छ |