मंसिर २५ , काठमाडौं | ललितपुरमा १६ वर्षीया किशोरी माथि बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् | महालक्ष्मी नगरपालिका-८ लुभु टाउन प्लानिङ बस्ने २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो |
उनलाई बुधबार दिउँसो किशोरीमाथि पटकपटक जबरजस्ती करणी गर्दै आएको उजुरीको आधारमा महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |