२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाई खेलकुद प्रतिष्ठान सेमिफाइनलमा

१४ कार्तिक २०७२, शनिबार १२:३२

कात्तिक
१४, सुरुङ्गा ।
शुक्रबारदेखि जारी सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनमा घरेलु
टोली कनकाई खेलकुद प्रतिष्ठान, झापा (कासा ११) ले आफ्नो स्थान पक्का गरेको छ ।

शनिबार भएको खेलमा कासा–११ ले पाहुना टोली कालेम्पुङ्ग फुटबल क्लब भारतलाई ४–० गोल
अन्तरले हराउँदै सेमिफाइलमा आफ्नो स्थान पक्का गरेको हो ।

surunga  khel copy

तस्वीर सौजन्यः बुद्ध
तामाङ्ग

खेलको
शुरुआत्देखि नै निक्कै आक्रमक रुपमा प्रस्तुत भएको कासा–११ का तर्फबाट पहिलो हाफको ८ औं मिनेटमा जर्सी
नम्बर १२ का खेलाडि विकाश लिम्बूले पहिलो गोल गरेका थिए । त्यस्तै, १९ औं मिनेटमा जर्सी नम्बर ८ का
खेलाडि अभिषेक राईले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

त्यस्तै, खेलको दोस्रो हाफको ९ औं मिनेटमा जर्सी नम्बर ११ का खेलाडि सुनिल विष्टले गोल गर्दै
३–० को गोल अन्तर बनाए । यस्तै, दोस्रो हाफको २२ औं मिनेटमा कनकाई खेलकुद प्रतिष्ठानका जर्सी नम्बर १८
का खेलाडि सेसेहाङ्ग आङ्दाम्बेले गोल गरेका थिए ।

प्रतियोगितामा
कासा–११ का जर्सी नम्बर २१ का टिम क्याप्टेन प्रशान्त मगर म्यान अफ द म्याच घोषित भए । खेलमा गोल गर्ने
खेलाडिहरुलाई सुरुङ्गा जेसीजका मानार्थ सदस्य राजेन्द्र पोखरेलले २ हजारका दरले पुरस्कार दिएका थिए

राष्ट्रिय लिग अन्तर्गतका खेलहरु समेत भइसकेको स्थानीय कनकाई
उच्च मा.वि.को खेलमैदानमा भइरहेको प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा फुटबल टिमको सहभागिता रहेको छ
। आइतबार एपीएफ काठमाण्डौं र सरस्वती फुटबल क्लब काठमाण्डौं बीच प्रतिष्पर्धा हुने खेल संयोजक राजु
पाठकले जानकारी दिए ।

प्रतिष्पर्धामा विजेता टिमलाई २ लाख ५१
हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र र उपविजेता टिमलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र
प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
तस्वीर सौजन्यः बुद्ध तामाङ्ग

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन