रबिन्द्र यादव/ साउन १९ नवलपरासी । नवलपरासीको बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या बढेको छ  । पछिल्लो बार्षिक अपडेट अनुसार बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या ७९५ रहेको छ । वि.सं २०७२ अषाढ देखि २०७३ अषाढ सम्म ४४२ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ साउन १९ नवलपरासी । नवलपरासीको बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या बढेको छ  । पछिल्लो बार्षिक अपडेट अनुसार बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या ७९५ रहेको छ । वि.सं २०७२ अषाढ देखि २०७३ अषाढ सम्म ४४२ "/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नवलपरासीको बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या बढदै

१९ श्रावण २०७३, बुधबार ०३:५१

रबिन्द्र यादव/ साउन १९ नवलपरासी । नवलपरासीको बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या बढेको छ  । पछिल्लो बार्षिक अपडेट अनुसार बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या ७९५ रहेको छ । वि.सं २०७२ अषाढ देखि २०७३ अषाढ सम्म ४४२ जना महिला र ३५३ जना पुरुष लाई सर्पदंशको उपचार भएको गणले जनाएको छ ।

गर्मी र बर्षात मौसममा सर्पहरुको बिगविगी बढि हुने गरेकोले पनि सर्पदंशको उपचार गर्नेको संख्या बढेको देखिन्छ । सो गणमा नवलपरासी, रुपन्देही र भारतका सर्पदंशका बिरामी बढि आउने आउने गरेका छन् । दिनहु दुई देखि सात जनाको संख्यामा नेपाल र भारतबाट उपचार गराउन आउने गरेका गणले बताएको छ । नवलपरासीको कालीगण्डकी सामुदायिक अस्पताल कावासोती, पृथ्वी चन्द अस्पताल परासी र बज्र दल गण त्रिबेणीमा सर्पको टोकाइमा उपचार हुने व्यवस्था छ । गणले आफ्नो उपचारका लागि व्यवस्था मिलाए पनि सर्वसाधारण लागि सेवा प्रदान गर्दै आएको छ ।

नवलपरासीको यी तीन ठाउँमा मात्र सर्पदंशको उपचार केन्द्र रहेको मा जिल्लाको पहाडी गाउँ विकास समितिहरुका बिरामीहरुको कावासोती सम्म ल्याउदा ल्याउदै बाटो मै मृत्यु हुने गरेको बताइएको छ । त्यसकारण जिल्लाको केही ठाउहरुमा सर्पदंश उपचार केन्द्र थप्नु पर्नेमा सेवाग्राहीले बताएका छन् । 

बज्रदल गण सर्पदंश उपचार केन्द्रलाई इन्द्रेणी समाजिक विकास मंचले सोलार उपलब्ध गराएको सो संस्थाका कार्यकारिणी निर्देशक बद्री प्रसाद सुवेदीले बताउनु भएको छ । यसै गरि त्रिबेणी सुस्ता गाउँ विकास समितिले पनि सहयोग गर्दै आएको गणले बताएको छ । 

नवलपरासीको सुस्तामा नारायणी नदिमा आएको बाढीले गाउमा सर्पहरु प्रबेश गरि रहेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताउनु भएको छ । यसै गरि परासीमा आएको बाढीले परासी क्षेत्रमा पनि सर्पको बिगबिगी बढेको नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव पुरुसोत्तम सुवेदीले जानकारी दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता