काठमाडौँ, १९ साउन । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक पर्वका रुपमा परिचित ‘गुँला’ पर्व आजदेखि सुरु भएको छ । 

स्वयम्भूमा एक महिनासम्म यस पर्वको सन्दर्भमा मेला लाग्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ, १९ साउन । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक पर्वका रुपमा परिचित ‘गुँला’ पर्व आजदेखि सुरु भएको छ । 

स्वयम्भूमा एक महिनासम्म यस पर्वको सन्दर्भमा मेला लाग्ने"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बौद्ध धर्मावलम्बीको ‘गुँला’ पर्व सुरु

२०७३, १९ श्रावण बुधबार ०४:४४

काठमाडौँ, १९ साउन । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक पर्वका रुपमा परिचित ‘गुँला’ पर्व आजदेखि सुरु भएको छ । 

स्वयम्भूमा एक महिनासम्म यस पर्वको सन्दर्भमा मेला लाग्ने गर्दछ । नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिना हो । विक्रम संवत्अनुसार प्रत्येक वर्ष साउन महिनामा सुरु भई एक महिनाको अवधिभर यो पर्व सञ्चालन हुने गर्दछ । 

सामान्यतया नेपाल संवत्को क्यालेन्डरअनुसार नौ महिनामा पर्ने सो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मान्ने गर्दछन् । मेलाको अवधिभर भने हिन्दू, जैनलगायत अन्य धर्मावलम्बीसमेत त्यहाँ घुम्न जाने गर्दछन् । 

स्वयम्भू क्षेत्र विकास महासमितिले मेला अवधिभर मन्दिरमा आउने भक्तजनको सहजताका लागि स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा सरसफाइका साथै खानेपानीको व्यवस्था, आवश्यक स्वयम्सेवक तथा सुरक्षाकर्मीको व्यवस्था मिलाएको छ । 

त्यसैगरी, भक्तजनलाई आवश्यक परेमा सामान्य स्वास्थ्योपचारको व्यवस्था र एम्बुलेन्स तैनाथ अवस्थामा समेत राखिएको छ । महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले काठमाडौँ उपत्यका तथा वरपर क्षेत्रबाट आउने भक्तजनलाई व्यवस्थित तथा चाँडो दर्शनका लागि स्वयम्सेवकलाई निर्देशन दिएको जानकारी दिनुभयो । 

उहाँले महासमितिले त्यस क्षेत्रको पुनःनिर्माणका लागि खर्च गर्नु परेकाले यस पटक मेलाको व्यवस्थापनका लागि विगतमा भन्दा कम अर्थात् करिब रु तीन लाख छुट्याएको जानकारी दिनुभयो । यसअवधिमा पञ्चदानका गतिविधि समेत हुने गर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला