काठमाडौँ, १९ साउन । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक पर्वका रुपमा परिचित ‘गुँला’ पर्व आजदेखि सुरु भएको छ । 

स्वयम्भूमा एक महिनासम्म यस पर्वको सन्दर्भमा मेला लाग्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ, १९ साउन । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक पर्वका रुपमा परिचित ‘गुँला’ पर्व आजदेखि सुरु भएको छ । 

स्वयम्भूमा एक महिनासम्म यस पर्वको सन्दर्भमा मेला लाग्ने"/>

२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बौद्ध धर्मावलम्बीको ‘गुँला’ पर्व सुरु

१९ श्रावण २०७३, बुधबार ०४:४४

काठमाडौँ, १९ साउन । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक पर्वका रुपमा परिचित ‘गुँला’ पर्व आजदेखि सुरु भएको छ । 

स्वयम्भूमा एक महिनासम्म यस पर्वको सन्दर्भमा मेला लाग्ने गर्दछ । नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिना हो । विक्रम संवत्अनुसार प्रत्येक वर्ष साउन महिनामा सुरु भई एक महिनाको अवधिभर यो पर्व सञ्चालन हुने गर्दछ । 

सामान्यतया नेपाल संवत्को क्यालेन्डरअनुसार नौ महिनामा पर्ने सो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मान्ने गर्दछन् । मेलाको अवधिभर भने हिन्दू, जैनलगायत अन्य धर्मावलम्बीसमेत त्यहाँ घुम्न जाने गर्दछन् । 

स्वयम्भू क्षेत्र विकास महासमितिले मेला अवधिभर मन्दिरमा आउने भक्तजनको सहजताका लागि स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा सरसफाइका साथै खानेपानीको व्यवस्था, आवश्यक स्वयम्सेवक तथा सुरक्षाकर्मीको व्यवस्था मिलाएको छ । 

त्यसैगरी, भक्तजनलाई आवश्यक परेमा सामान्य स्वास्थ्योपचारको व्यवस्था र एम्बुलेन्स तैनाथ अवस्थामा समेत राखिएको छ । महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले काठमाडौँ उपत्यका तथा वरपर क्षेत्रबाट आउने भक्तजनलाई व्यवस्थित तथा चाँडो दर्शनका लागि स्वयम्सेवकलाई निर्देशन दिएको जानकारी दिनुभयो । 

उहाँले महासमितिले त्यस क्षेत्रको पुनःनिर्माणका लागि खर्च गर्नु परेकाले यस पटक मेलाको व्यवस्थापनका लागि विगतमा भन्दा कम अर्थात् करिब रु तीन लाख छुट्याएको जानकारी दिनुभयो । यसअवधिमा पञ्चदानका गतिविधि समेत हुने गर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो