साउन १९,  डोल्पा । डोल्पाको उत्तरी क्षेत्र भौगोलिक रुपमा अत्यन्तै विकट भएकाले यहाँका मानिसको जीवनशैली ज्यादै कष्टकर छ । 

विकटताकै कारण खाद्यान्न, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत तत्वबाट त वञ्चित छँदैछन् यहाँका सर्वसाधारण सञ्चारको पह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९,  डोल्पा । डोल्पाको उत्तरी क्षेत्र भौगोलिक रुपमा अत्यन्तै विकट भएकाले यहाँका मानिसको जीवनशैली ज्यादै कष्टकर छ । 

विकटताकै कारण खाद्यान्न, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत तत्वबाट त वञ्चित छँदैछन् यहाँका सर्वसाधारण सञ्चारको पह"/>

2026-10-29 02:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

उपल्लो डोल्पाका तीन गाविस सञ्चारविहीन

साउन १९,  डोल्पा । डोल्पाको उत्तरी क्षेत्र भौगोलिक रुपमा अत्यन्तै विकट भएकाले यहाँका मानिसको जीवनशैली ज्यादै कष्टकर छ । 

विकटताकै कारण खाद्यान्न, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत तत्वबाट त वञ्चित छँदैछन् यहाँका सर्वसाधारण सञ्चारको पहुचबाट समेत वर्षौदेखि वञ्चित हुनुपरेको छ । उत्तरी भेगका तीन गाविस सञ्चारविहीन भएको र सञ्चारको पहुच भएका गाविसमा पनि सञ्चार सेवा अनिश्चित भएको तिन्जेका स्थानीय धावा गुरुङले बताउनुभयो । 

सञ्चार सेवाको व्यवस्था नभएकाले खबर आदानप्रदान हुन नसक्दा निर्जन स्थानजस्तै लाग्ने गरेको साल्दाङका स्थानीयवासी पेमा वाङ्जेनले बताउनुभयो । टेलिफोन गर्नकै लागि चार पाँच दिन लगाएर सदरमुकाम आउनुपर्ने वा दुई दिनसम्म लगार छिमेकी गाविस धो, मुकोट, फोक्सुन्डोलगायतका गाविसमा जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

माथिल्लो डोल्पाका छवटा गाविसमध्ये धो, मुकोट, फोक्सुन्डोमा भने मर्मतपछि भि–स्याट फोनको सुविधा भए पनि छार्का, साल्दाङ, तिन्जेलगायतका चार गाविसमा सञ्चार सुविधा नभएको दुरसञ्चार कार्यालय डोल्पा शाखाले जनाएको छ । 

डोल्पाका सबै गाविसमा विसं २०६३ मा भि–स्याट फोन जडान गरिएपनि अधिकांश ठाउँमा बिग्रेका फोन मर्मत नभएकाले सञ्चारविहीन भएको कार्यालयले बताएको हो । केही ठाउँमा मर्मत गरेर सेवा सञ्चालन गरिएको र उपल्लो डोल्पाका बाँकी गाविसमा पनि मर्मत गरिने कार्यालयले जानकारी दिनुभयो । 

उपल्लो डोल्पामा भि–स्याटबाहेकका मोबाइल टावरको व्यवस्था नभएको कार्यालयले जनाएको छ । मर्मतका लागि पटक÷पटक आग्रह गरेपनि यसवर्ष टोली नआएको दुरसञ्चार कार्यालय डोल्पाका नायब सुब्बा नवराज भट्टराईले बताउनुभयो । 

मोबाइल टावर भए पनि प्राविधिक कारणले तल्लो डोल्पाका ल्हाँ, रीमि, काईगाउँ, कालिकालगायतका गाविसमा सञ्चारको पहँुच अनिश्चित भएको छ । हप्तामा एक पटक मात्र टावर दिने भएकाले खबर आदान प्रदान गर्न चिठी वा मान्छे पठाउनुको विकल्प नरहेको स्थानीयवासी कृष्णचन्द्र पाण्डेले बताउनुभयो । 

डोल्पाका आठवटा मोबाइल टावर राखेर तल्लो डोल्पा र माथिल्लो डोल्पाका केही गाविसमा फोन सेवा उपलब्ध गराएको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो