पुस १७, काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरीका छ जना प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायब महानिरीक्षक बढुवामा सिफारिस गरेको छ।
गृह मन्त्रालयका बिहीबार बसेको बढुवा समिति बैठकले एसएसपीहरू कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदीलाई डिआइजी सिफारिस गरिएको हो।
सशस्त्र प्रहरीमा साधारण उपसमूहतर्फ छ जनाको दरबन्दी रिक्त रहेको थियो ।