प्रकाश धौलाकोटी  | साउन १९, तेह्रथुम। म्याङलुङ नगरपालिका–१ निवासी तोककुमारी तुम्बाहाम्फेले आफ्ना स्वर्गीय पति पुष्पलाल तुम्बाहाम्फेको स्मृतिमा झण्डै पाँच लाख "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी  | साउन १९, तेह्रथुम। म्याङलुङ नगरपालिका–१ निवासी तोककुमारी तुम्बाहाम्फेले आफ्ना स्वर्गीय पति पुष्पलाल तुम्बाहाम्फेको स्मृतिमा झण्डै पाँच लाख "/>
५ माघ २०८२, आईतवार
तेह्रथुम - TRT

निर्वाचनलाई निशुल्क जग्गा

१९ श्रावण २०७३, बुधबार १६:०१

प्रकाश धौलाकोटी  | साउन १९, तेह्रथुम। म्याङलुङ नगरपालिका–१ निवासी तोककुमारी तुम्बाहाम्फेले आफ्ना स्वर्गीय पति पुष्पलाल तुम्बाहाम्फेको स्मृतिमा झण्डै पाँच लाख मुल्य बराबरको जग्गा निशुल्क प्रदान गर्नुभएको छ । 
कार्यालयका लागि भवन निर्माण गर्न तुम्बाहाम्फेले बुधबार डेढ रोपनी कार्यालयको नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिनुभएको हो । हाल दलित सचेतना समाज नेपालको कार्यालय रहेको ठाउँ नजिकै तुम्बाहाम्फेले भवन निर्माणकालागि जग्गा दिनुभएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिनुभयो । 
जग्गा रजिष्ट्रेसन पास गरेपछि सो जग्गाको लालपुर्जा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले निर्वाचन कार्यालयलाई हस्तान्तरण गर्दै यथासिघ्र भवन बनाई कार्यालय सन्चालन गर्न प्रक्रिया अघि बढाउन सुझाव दिनुभयो । जिल्ला निर्वाचन कार्यालयकालागि आफ्नै भवन नहुँदा हाल जिल्ला प्रशासन कार्यालयको पुरानो भवन बाटै सेवा प्रवाह भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता