भाष्कर के.सी | साउन १९, कञ्चनपुर | भि.न.पा ११ भुजेलाका रोहित विष्ट वर्ष २४ का घर बाट वेपता भएको पाचँ दिन पछि घर नजिकैको नदिमा ढुबेको अवस्थामा साउन ९ गते फेला परेका विष्टको हाल सम्म पनि घटनाको बारेमा प्रहरीले कुनै सत्य तथ्य पत्ता नल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी | साउन १९, कञ्चनपुर | भि.न.पा ११ भुजेलाका रोहित विष्ट वर्ष २४ का घर बाट वेपता भएको पाचँ दिन पछि घर नजिकैको नदिमा ढुबेको अवस्थामा साउन ९ गते फेला परेका विष्टको हाल सम्म पनि घटनाको बारेमा प्रहरीले कुनै सत्य तथ्य पत्ता नल"/>
२४ पुष २०८२, बिहीबार
कन्चनपुर - KNC

प्रहरीले छानविनमा लापरवाही गरेको भन्दै नाकाबन्दको चेतावनी

१९ श्रावण २०७३, बुधबार १६:०६

भाष्कर के.सी | साउन १९, कञ्चनपुर | भि.न.पा ११ भुजेलाका रोहित विष्ट वर्ष २४ का घर बाट वेपता भएको पाचँ दिन पछि घर नजिकैको नदिमा ढुबेको अवस्थामा साउन ९ गते फेला परेका विष्टको हाल सम्म पनि घटनाको बारेमा प्रहरीले कुनै सत्य तथ्य पत्ता नलगाएको भन्दै स्थानियले साउन २० गते बाट गड्डाचौकी नेपाल–भारत सीमा बन्द गर्ने भएका छन् ।

 साउन ९ गते स्थिानियले देखि प्रहरीलाई खबर गरे पछि प्रहरीले मृतकको खल्ती मा भेटिएको कागजात बाट विष्टको पहिचान गरेको थियो ।  भुजेला खोलामा लास भेटिएपछि हतार हतार चेक जाँचनै नगरी प्रहरीले वेवारिसे बनाउने प्रयास गरे पछि स्थानीयवासीको विरोध पछि चेकजाँच गरी खल्तीमा रहेका कागज प्रमाणहरुबाट लासको पहिचान भएको तैपनि पीडित पक्षलाई थाहा नै नदिई मगाई टेक्टरको भाडा समेत प्रहरी आफैंले भुक्तानी गरेको  प्रहरीले हतार हतार पोष्टमार्टम गर्न लगाई पीडित पक्षलाई लास सतगत पूर्जा दिएको घटना गर्ने व्यक्तिहरुको नाम, लास चेकजाँच र मुचूल्का गर्दा पीडित पाक्ष एवं स्थानीय जनताले प्रहरीलाई भन्दा पनि सम्बन्धित व्यक्तिहरुलाई नियन्त्रण लिन नचाहेको, घटना सँग सम्बन्धित व्यक्ति पदम धामीलाई ३ दिन सम्म प्रहरीले पक्राउ गर्न तर्फ कुनै प्रयास नगरेको चौथो दिन पीडित पक्षले स्थानीय वसपार्कबाट पदम धामीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाँउद पनि राम्रो सँग सोधपुछ नगरेको अर्को दिन डि.आइ.जी विजय कुमार भट्टले पदम धामीलाई सोधपुछ गर्दा रोहित विष्टको हत्या गरी खोलामा फालेको भन्ने कुरा स्वीकार गरी लासलाई बेरेको तन्ना समेत डि.आई.जी भट्टको रोहबरमा पदम धामीले देखाए अनुसार तन्ना समेत बरामद भएको तन्ना बरामद भइसकेपछि पनि प्रहरी अनुसन्धान चित्तबुझदो तरिकाले नगरेको, मृतकको निधारमा तीन/चार इन्चको घाउ र अण्डकोष सुनिएको प्रष्ट हुँदा हुँदै प्रहरी पानीमा डुबेर आफै मरेको हुन सक्ने आशय र अभिव्यक्त दिइरहेको, आरोपी ज्ञानेन्द्र बहादुर चन्दको बिन्दास होटलभित्र कोठामा  रगत लागेको ढुगाँ, कपडा र तन्ना भेटिए पनि प्रहरीले लापरवाही गरी केसलाई ढिलासुस्ती गरी केश लम्ब्याउन खोजेको  व्यहोरा पत्रकार सम्मेलन गरी मृतकका परिवारले जनाएका छन् ।

 मृतहुन भन्दा केही दिन अगाडी ८० हजार भारु लिएर मोटर साईकल किन्न भनेर घर बाट हिडेको मृत्यकका काका भारत विष्टले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो