पुस २१ काठमाडौँ | पछिल्लो समय काठमाडौं उपत्यकाको वायु प्रदुषण अत्याधिक बढेको छ | विश्वका ५० सहर मध्ये सबैभन्दा बढी प्रदुषण हुनेमा काठमाडौँ पहिलो नम्बरमा परेको हो | मंगलबार दिउँसो काठमाडौँको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३४६ पुगेको छ |
दोश्रो स्थानमा किर्गिस्तानको बिस्केक,तेश्रोमा भियतनाममको हनोइ,चौथोमा चीनको वुहान,पाँचौ र छैठौमा भारतको दिल्ली र मुम्बई रहेका छन् | त्यस्तै सातौ स्थानमा पाकिस्तानको कराँची रहेको छ | सोमबार देखि काठमाडौँमा तुवालो बढ्दै गएको र बाहिर हिड्दा आँखा पोल्ने समस्या महसुस सर्वसाधारणले गरेका थिए |
उपत्यकाको आकाश तुवालोले ढाकेको छ भने,मंगलबार पनि घाम लागेको छैन | वायु प्रदुषणले स्वासप्रस्वासमा समस्या हुने भएकाले बाहिर निस्कँदा अनिवार्य मास्क लगाउँन चिकित्सकले आग्रह गरेका छन् |
