पुस २२, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला ६७०६ जनामा गरिएको पिसिआर परिक्षणमा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार १ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । मन्त्रालयका अनुसार,पछिल्लो २४ घण्टामा ४९५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको छ ।
त्यस्तै,यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९९ पुगेको छ ।