२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोह्रखुट्टेबाट चोरीको मोटरसाइकल चढ्ने दुई जना पक्राउ

२०७७, २३ पुष बिहीबार १०:१८

पुस २३, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरीका माटरसाइकलसहित  दुई जनालाई पक्राउ गरेको छ । पीडित सहायता एकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले यहाँको सोह्रखुट्टेस्थित सडकबाट धादिङको नीलकण्ठ नगरपालिका–९ मुरलीभन्ज्याङ बस्ने राजन मगर र थाक्रे गाउँपालिका–१ देवीस्थानका राजन तामाङलाई आज पक्राउ गरेको हो ।

 प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईका अनुसार उनीहरु चढेको बा९२प ७६३० नंको मोटरसाइकल नक्कली भएको पाइएको छ । मोटरसाइकलको वास्तविक नम्बर भने प्रदेश ३–०२–०१२प ९८३५ रहेको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए । उक्त मोटरसाइकल गत वर्ष पुसमा काठमाडौँको सोह्रखुट्टेस्थित सडकबाट हराएको थियो । पर्सा ठोरी गाउँपालिका–९ बस्ने पूर्णबहादुर थापाले दिएको निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी बृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ । महाशाखाले चोरीको मोटरसाइकल खोजी अभियान तीव्र पारिरहेको छ । 

चक्कु प्रहार गरी लुट

काठमाडौँको टोखा नगरपालिका–९ दिपज्योतिबाट सुर्खेत गुरुवाकोट नगरपालिका–६ का दुई जनालाई चक्कु प्रहार गरी मोबाइल लुटपाट भएको छ । गए राति चार÷पाँच जनाको समूहमा आएका अज्ञात व्यक्तिले चक्कु प्रहार गरी मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ । फरार लुटेराको महानगरीय प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले खोजी गरिरहेको छ ।

चक्कु प्रहारबाट घाइते भएका दुवै जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी