२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० वर्षपछि पुरानो धारमा फर्कियो वाग्मती

२०७७, २४ पुष शुक्रबार ०७:४९

पुस २४, काठमाडौँ | ‘बाह्र वर्षमा खोलो फर्कन्छ’ भन्ने उखानलाई गलत सावित गर्दै ५० वर्षपछि वाग्मती नदीको मुहानस्थलको करीब सात किमी भागलाई विसं २०२१ को नापी अनुसारकै बहाव क्षेत्रमा फर्काइएको छ । 

सुन्दरीजलबाट गोकर्णसम्मको करीब सात किमी नदीलाई नापीअनुसारको बहाव क्षेत्रमा फर्काउँदा सयौँ मानिसले वर्षौंदेखि हराएको जमीन पाएका छन् । पचास वर्षपछि नदी पुरानै धारमा फर्काइँदा स्थानीयवासीले एक हजार १०० रोपनी जग्गा पाएको यसको नेतृत्व गर्नुभएका अभियानकर्मी केशवप्रसाद पुडासैनी बताउनुहुन्छ । 

वाग्मतीलाई पुरानै धारमा फर्काउने अभियानको नेतृत्व गर्दा एक महिना तीन दिनसम्म असहमत पक्षले धम्की दिएको उहाँ बताउनुहुन्छ । “जग्गा पुरानो धारमा फर्काउन ३३ दिन लागेको समयमा म ३१ रातसम्म त आफन्तकहाँ गएर बसेँ, एक दिन नगरकोट र एक दिन बाह्रबिसे बसेर काम सक्ने समय गुजारेँ”, नदीको जग्गामा कमाइ खाएकाको धम्की सहनु पर्दाको पीडा सुनाउँदै पुडासैनीले भन्नुभयो । 

वाग्मतीलाई पुरानै धारमा फर्काउन २०६६ पुस १९ गते सम्झौता भएको थियो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका तत्कालीन अध्यक्ष महेशबहादुर बस्नेत र नेपाली सेनाको विकास निर्माण तथा स्थपति महानिर्देशनालयका तत्कालीन प्रमुख उपरथी नरेशबहादुर बस्नेतबीच सम्झौता भई मुहान क्षेत्रको वाग्मतीलाई २०२१ सालमा भएको नापीको बहाव क्षेत्रमा फर्काउने अभियान शुरु भएको हो । 

सम्झौतापछि स्थानीय राजनीतिक दलका नेता कार्यकर्तासँग समेत २०६६ चैत ६ गते सहमति गरी त्यसको भोलिपल्टदेखि काम शुरु गर्न लागिएको थियो । चैत ७ गते पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भएपछि चैत ९ गतेदेखि मात्र काम शुरु भएको थियो । बहाव क्षेत्र परिवर्तन गर्दै हिँडेको नदीले वाग्मती फाँटका सात हजार रोपनी जग्गा खान्छ भन्ने किसानलाई डर थियो । पुरानो बहाव क्षेत्रमा फर्काएपछि किसानले गरिखाने ठाउँ जोगिएकामा खुसी व्यक्त गरेका छन् ।

स्थानीय शशीधर पुडासैनी वर्षौंदेखि कर तिरिरहेको जग्गा नदीमा परेकामा नदीको बहाव परिवर्तन गराएसँग प्राप्त भएको बताउनुहुन्छ । यसबाट परिवारमा खुशी छाएको उहाँले सुनाउनुभयो । थुप्रै किसानले गुमेको जग्गा धार परिवर्तनसँगै पाएका छन् । 

वाग्मतीलाई पुरानो धारमा फर्काउने क्रममा यस क्षेत्रका नौ वटा सहायक नदीमा पुल हालिएको छ । दुई स्थानमा सवारी चल्ने पक्की पुल नै निर्माण भएको छ । ढकाल खहरे, मरुवा खहरे, बञ्चरे, म¥याङघाट खहरे, थलीबाट नयाँपाटी निस्कने स्थान, कोलमतेश्वर र उत्तरगया नजिकै पनि झोलुङ्गे पुल बनेका छन् । 

नामगेल–कोलमतेश्वर–थली र बिपी चोक–भद्रवास जोड्ने वाग्मती नदीमाथि भने सवारी चल्ने पक्की पुल निर्माण भएको छ । नदीलाई पुरानै बहाव क्षेत्रमा फर्काएपछि सडक विभागले दुई पक्की पुल निर्माण गरेको हो । पुल बनाउने कामको नेतृत्व पनि पुडासैनीले नै गर्नुभयो । 

विसं २०६५ को माघे सङ्क्रान्तिमा देवघाट दर्शनमा जाँदा त्यहाँ सुनेको प्रवचनको प्रभावमा वाग्मतीलाई पुरानै बहावमा फर्काउने सङ्कल्प गरेको उहाँ सुनाउनुहुन्छ । देवघाट यात्राका क्रममा डा रामानन्द गिरी, आत्मानन्द गिरी र ज्ञानानन्द गिरीको प्रवचनको प्रभावले एक हजार १०० रोपनी नदीमा परेको जग्गा किसानले पाएका छन् । नदी वाग्मतीमा परे पनि जग्गाधनीले कर भने स्थानीय सरकारलाई बुझाउँदै आएका थिए । 

गोकर्ण–सुन्दरीजल कोरिडोर निर्माणमा ढिलाइ

 कागेश्वरी मनोहरा नगरपालिका–३ का सदस्य सुनकुमार नगरकोटी नदीलाई पुरानै बहाव क्षेत्रमा फर्काएको दशक पुगे पनि गोकर्णभन्दा माथिको क्षेत्रमा दायाँबायाँ कोरिडोर बन्न नसकेको बताउनुहुन्छ । एकातिर सामान्यरुपमा ट्रयाक खुले पनि कोरिडोरका लागि किसानले मुआब्जा माग गरेको उहाँले जानकारी दिनुभयो । 

गोकर्णेश्वर नगरपालिकाले भने गोकर्णभन्दा माथिको नदी किनारमा कोरिडोर खोल्न अतिरिक्त कर उठाउन थालेको छ । नदी किनारमा जोडिएका जग्गाका धनीसँग कोरिडोर निर्माणका बढी कर उठाउन थालिएको वडा नं २ का अध्यक्ष कृष्णबहादुर पण्डितले राससलाई जानकारी दिनुभयो । शहरी विकास मन्त्रालयले कोरिडोर बनाउने भनी पत्राचार गरेअनुसार नगरसभाले निर्णय गरी बढी कर उठाउन थालिएको जानकारी पनि उहाँले दिनुभयो । 

यस क्षेत्रको फाँटमा पनि बस्ती बढ्न थालेको छ । बस्ती बढ्न थालेसँगै कोरिडोर निर्माणको आवाज पनि उठ्न थालेको हो । यस क्षेत्रमा गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकाले संयुक्तरुपमा जग्गा एकीकरणसमेत गर्न लागेकाले कोरिडोर बन्ने निश्चित भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी