साउन २०, दाङ । विद्यार्थी राजनीतिमा सक्रिय दाङका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर साहाराविहिन वृद्धवृद्धालाई खाद्यान्न सह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, दाङ । विद्यार्थी राजनीतिमा सक्रिय दाङका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर साहाराविहिन वृद्धवृद्धालाई खाद्यान्न सह"/>
२०८२, २२ चैत्र आईतवार
काठमाडौँ - KTM

शाहीले गरे जन्मदिनमा उदाहरणीय काम

२०७३, २० श्रावण बिहीबार ०५:४६

साउन २०, दाङ । विद्यार्थी राजनीतिमा सक्रिय दाङका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर साहाराविहिन वृद्धवृद्धालाई खाद्यान्न सहयोग गर्नुभएको छ । 

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा राप्ती ब्युरो संयोजक देउखुरी लालमटिया ८ मसुरिया निवासी प्रकाश शाहीले आज जन्मदिनको अवसर पारेर रामपुर ३ बालीमखोलाका नमवहादुर बिक र आइती बिकलाई खाद्यान्न प्रदान गर्नुभएको हो । 

साहाराविहिन ति दम्पतीलाइ हेरचाह गर्ने व्यक्ति नहुँदा दुखको जीवन वाँच्दै आएको भन्दै उहँले खाद्यान्न सहयोग गरेको वताउनुभयो । ८३ वर्षका नमराज र ८० वर्षकी आइति विकको दैनिकी एउटा झुप्रोमा विरिहेको छ । उहाँहरुको समस्यालाइ मध्यनजर गर्दै र जन्मदिन खर्चिलो, भडिकलो नभइ दुखमा परेकाहरुलाइ सहयोग गरेर मनाउनुपर्छ भन्ने हेतुले त्यहाँ पुगेर खाद्यान्न सहयोग गरेको जानकारी दिनुभयो । 

यसैविच, राज्यले नमराज र आइति जस्ता जेष्ठ र साराहाविहिन वृद्धवृद्धाहरुको रेखदेख गर्न नसकेको भन्दै ध्यानाकर्षण भएको वताउनुभएको छ । साथै उनीहरु वस्दै आएको सानो झुप्रो वर्षाका कारण जोखिममा रहेकाले मर्मतसम्भार गर्ने योजना रहेको शाहीले वताउनुभयो । 

अवको केहि दिनमै ती दम्पत्तीको झुप्रो मर्मतका लागी पहल गरिने उहाँको भनाइ छ । हरेक व्यक्तिले जन्मदिन देखाउन नभएर कसरी समाजमा सहयोगको भावना विकास गरेर मनाउने भन्ने कुराको बोध हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते