माघ १, काठमाडौँ | देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको र तराई भूभागमा हल्का हुसु र कुहिरो लागेको जनाएको छ |
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका भूभागमा आंशिक बदली रहेर देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ |
प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ | यस्तै, राति प्रदेश नं १, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रहि देशका अन्य भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ |
प्रदेश नं १ का एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ |
