२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा विकसित योगको अन्तरराष्ट्रियकरण : प्रधानमन्त्री ओली

२०७७, १ माघ बिहीबार ०८:४६

माघ १, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट विकसित योग अहिले अन्तरराष्ट्रियकरण भएको बताउनुभएको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिका आयोजनामा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले शरीरलाई चुस्तदुरुस्त राख्न र प्रतिरोधी क्षमता तथा बहन गर्न एवं सहन शक्तिको विकास गरी गतिवान् जीवन पद्धतिका लागि नेपालका पूर्वजले विकास गरेको योग नै अन्तरराष्ट्रियकरण भएको स्पष्ट गर्नुभयो । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावका आधारमा सन् २०१४ देखि हरेक जुन २१ लाई अन्तरराष्ट्रिय योग दिवस मनाउने संयुक्त राष्ट्र सङ्घको निर्णयमा नेपालको पनि योगदान रहेको जनाउँदै प्रधानमन्त्री ओलीले ‘हाम्रो ठाउँ’ मा १५ हजार वर्षअघि नाता जोडिएको योगले अन्तरराष्ट्रिय माान्यता पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “योग कुनै धर्म वा अध्यात्मसँग सम्बन्धित छैन । यो दर्शनको सृष्टिभन्दा अगाडिबाट विकसित हुँदै चिन्तन,मनन र ज्ञानसँग सम्बन्धित हुँदै आएको छ । यो शरीरका अष्टाङ्गसँग गाँसिएको छ । हामीले यसलाई दैनिक जीवन पद्धतिमा अपनाउनुपर्छ ।”

नेपालको शिव तथा जनक, कपिल र बुद्ध सभ्यता, महर्षि पतञ्जलि हुँदै योग दिवस मनाउने परम्पराको थालनी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हाम्रा पूर्वज र शास्त्रले गणना र विश्वासका आधारमा असाधारण गणित र आयुर्वेदको आविष्कार गरेकै सिलसिलामा अन्तरराष्ट्रिय योग दिवस मनाउने परम्परा थालनी भएको बताउनुभयो ।

कार्यक्रममा योग प्राकृतिक चिकित्सा क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गरिनाका साथै ‘योग विशेष बुलेटिन’ विमोचन गरिएको थियो । कार्यक्रममा योगाभ्यास पनि गरिएको थियो । यस वर्षको दिवसको आदर्श वाक्य (नारा) ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ रहेको छ । नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आएको छ । वर्षमा लामो दिन अर्थात् सूर्य उत्तरायनतर्फ लाग्ने दिनलाई योग दिवसका रुपमा मनाउन थालिएको हो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी