साउन २०, काठमाडौँ । पशुपन्छी विकास मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागसँग समन्वय गरी देशभर रहेका पशुको गणना गर्ने भएको छ । 

मन्त्रालयले पशुपन्छी गणनाबारे अवधारणा तयार गर्न रु ९१ लाख बजेट विनियोजन गरेको छ । पशु गणनाका लागि कुन पद्धत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, काठमाडौँ । पशुपन्छी विकास मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागसँग समन्वय गरी देशभर रहेका पशुको गणना गर्ने भएको छ । 

मन्त्रालयले पशुपन्छी गणनाबारे अवधारणा तयार गर्न रु ९१ लाख बजेट विनियोजन गरेको छ । पशु गणनाका लागि कुन पद्धत"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुगणनाका लागि गणना पद्धतिको खोजी

२०७३, २० श्रावण बिहीबार ०६:५९

साउन २०, काठमाडौँ । पशुपन्छी विकास मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागसँग समन्वय गरी देशभर रहेका पशुको गणना गर्ने भएको छ । 

मन्त्रालयले पशुपन्छी गणनाबारे अवधारणा तयार गर्न रु ९१ लाख बजेट विनियोजन गरेको छ । पशु गणनाका लागि कुन पद्धतिबाट कार्य सुरु गर्ने भनी तय गर्न बाँकी छ । 

चालु आर्थिक वर्षमा गणना पद्धतिको टुङ्गो लागेपछि पहिलो चरणमा विभिन्न उमेर समूहका गाई, गोरु, राँगा, भैँसी, खसी, बोका, भेडा, च्याङ्ग्राको गणना गरी तिनीहरुको अवस्था पत्ता लगाइने मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले जानकारी दिनुभयो । 

देशमा दूध, मासु, ऊनको अवस्था के छ ? कति समयमा कति दूध, मासु, ऊनको उत्पादन गर्न सकिन्छ ? त्यसको अनुमान गरी देशको जनसङ्ख्यालाई कति आवश्यक पर्छ भनी प्रक्षेपण गर्न सजिलो हुन्छ । स्थानीय उन्नत जातका पशुको सङ्ख्या के कति छ ? मुलुकको फरक फरक भौगोलिक अवस्थामा के कस्ता पशु सरदर कतिपटक व्याउने गर्छन्, ती अवस्थाका बारेमा समेत गणनाबाट सूचना सङ्कलन गरिनेछ । 

कति समयमा ती वस्तु कति निर्यात गर्न सकिन्छ त्यसको समेत अनुमान गर्न पशु गणना कार्यक्रम महत्वपूर्ण हुने प्रवक्ता पौडेलले विश्वास व्यक्त गर्नुभयो । 

अहिलेसम्म यस्तो किसिमको गणना भएको छैन । गतबर्ष पुस ९ गते स्थापना भएको उक्त मन्त्रालयमा चालु आवमा रु सात अर्ब ४७ करोड बजेटको व्यवस्था गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते