साउन २०, काठमाडौँ । पशुपन्छी विकास मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागसँग समन्वय गरी देशभर रहेका पशुको गणना गर्ने भएको छ । 

मन्त्रालयले पशुपन्छी गणनाबारे अवधारणा तयार गर्न रु ९१ लाख बजेट विनियोजन गरेको छ । पशु गणनाका लागि कुन पद्धत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, काठमाडौँ । पशुपन्छी विकास मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागसँग समन्वय गरी देशभर रहेका पशुको गणना गर्ने भएको छ । 

मन्त्रालयले पशुपन्छी गणनाबारे अवधारणा तयार गर्न रु ९१ लाख बजेट विनियोजन गरेको छ । पशु गणनाका लागि कुन पद्धत"/>

२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुगणनाका लागि गणना पद्धतिको खोजी

२० श्रावण २०७३, बिहीबार ०६:५९

साउन २०, काठमाडौँ । पशुपन्छी विकास मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागसँग समन्वय गरी देशभर रहेका पशुको गणना गर्ने भएको छ । 

मन्त्रालयले पशुपन्छी गणनाबारे अवधारणा तयार गर्न रु ९१ लाख बजेट विनियोजन गरेको छ । पशु गणनाका लागि कुन पद्धतिबाट कार्य सुरु गर्ने भनी तय गर्न बाँकी छ । 

चालु आर्थिक वर्षमा गणना पद्धतिको टुङ्गो लागेपछि पहिलो चरणमा विभिन्न उमेर समूहका गाई, गोरु, राँगा, भैँसी, खसी, बोका, भेडा, च्याङ्ग्राको गणना गरी तिनीहरुको अवस्था पत्ता लगाइने मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले जानकारी दिनुभयो । 

देशमा दूध, मासु, ऊनको अवस्था के छ ? कति समयमा कति दूध, मासु, ऊनको उत्पादन गर्न सकिन्छ ? त्यसको अनुमान गरी देशको जनसङ्ख्यालाई कति आवश्यक पर्छ भनी प्रक्षेपण गर्न सजिलो हुन्छ । स्थानीय उन्नत जातका पशुको सङ्ख्या के कति छ ? मुलुकको फरक फरक भौगोलिक अवस्थामा के कस्ता पशु सरदर कतिपटक व्याउने गर्छन्, ती अवस्थाका बारेमा समेत गणनाबाट सूचना सङ्कलन गरिनेछ । 

कति समयमा ती वस्तु कति निर्यात गर्न सकिन्छ त्यसको समेत अनुमान गर्न पशु गणना कार्यक्रम महत्वपूर्ण हुने प्रवक्ता पौडेलले विश्वास व्यक्त गर्नुभयो । 

अहिलेसम्म यस्तो किसिमको गणना भएको छैन । गतबर्ष पुस ९ गते स्थापना भएको उक्त मन्त्रालयमा चालु आवमा रु सात अर्ब ४७ करोड बजेटको व्यवस्था गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो