साउन २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभएको छ । "/>
२५ पुष २०८२, शुक्रबार
काठमाडौँ - KTM

रात र दिनलाई उपयोग गरेर काम गर्छु: प्रधानमन्त्री दाहाल

२० श्रावण २०७३, बिहीबार १०:३४

साउन २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभएको छ । 

आज आफ्नै निवास लाजिम्पाटमा प्रेस सेन्टर नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले समय निकै कम भएकाले दिन रात नभनी मुलुक र जनताको पक्षमा काम गर्ने बताउनुभएको हो । 

उहाँले आफ्नो नेतृत्वको सरकारको प्रमुख प्राथमिकतामा भूकम्पपछिको पुनःनिर्माण, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता र संविधानको कार्यान्वयन नै रहेको बताउनुभयो । 

आफू चुनौतीपूर्ण अवस्थामा मुलुकको कार्यकारी प्रमुखको रुपमा निर्वाचित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले चुनौतीलाई अवसरमा बदल्ने र नेपाली जनतालाई केही न केही फरक महसुस गर्ने गरी काम गर्ने दृढता व्यक्त गर्नुभयो । 

उहाँले जनतालाई तत्कालीन राहत दिँदै केही दीर्घकालीन योजना समेत अगाडि बढाउने सोचमा आफू रहेको जानकारी दिँदै त्यसमा सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । 

संविधानसभाको पहिलो निर्वाचनपछिको करिब दश वर्षमा धेरै राजनीतिक उतार चढाव आएको भन्दै प्रधानमन्त्री दाहालले विगतको अनुभवका आधारमा पनि केही न केही नयाँ गर्नैपर्ने अवस्थामा आफू रहेको उल्लेख गर्नुभयो । 

उहाँले आफ्नो नेतृत्वको सरकारको प्राथमिकतालाई उल्लेख गर्दै भन्नुभयो “आन्तरिक राष्ट्रिय एकता सुदृढीकरण, मधेसी, थारु, आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गर्ने, संविधानको कार्यान्वयन गर्दै मुलुकलाई निर्वाचनतर्फ लैजाने र लामो समयदेखि अवरुद्ध हुँदै आएको भूकम्पपछिको पुनःनिर्माण अभियानलाई तीव्रता दिनु नै प्रमुख रहेको छ ।” 

बेरोजगार युवालाई मुलुकभित्रै रोजगारी दिन आफूले केही नयाँ कार्यक्रम अगाडि सार्ने र विदेशमा रहेका युवालाई स्वदेश फर्काउन पहल गर्ने उहाँको कथन थियो । 

यस्तै मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट भएको जनधनको क्षति भएकालाई राहत तथा पुनःस्थापना गर्ने, सहिद बेपत्ता परिवारलाई राहत तथा सरकार भएको अनुभव दिलाउने प्रधानमन्त्रीको प्रतिबद्धता थियो । 

प्रधानमन्त्री दाहालले भन्नुभयो “मेरो लागि लामो समय छैन, हरेक दिन र हरेक घन्टालाई सदुपयोग गरेर मुलुक र जनताको सामु अमिट छाप छोड्ने गरी काम गर्छु । त्यसमा सहयात्री दल र सबैको साथ र सहयोग जरुरी रहन्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने