२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उड्दाउड्दै विमानको इन्जिन बन्द भएपछि…

२०७३, २० श्रावण बिहीबार १२:५०

हरिबहादुर रावत/साउन २०, हुम्ला । हुम्लाबाट सुर्खेत जाँदै गरेको मकालु एयरको ‘नाइनएनएकेसी’को विमानको इन्जिनमा खराबी आएपछि आज अपराह्न सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा दुर्घटना भएको छ । 

सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि ३:३० बजे उडेको करिब पाँच मिनेटमै विमानको इन्जिन एक्कासी बन्द हुँदा सुरक्षित अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । 

“एघार हजार ५०० फिटको उचाइमा रहेको विमानको एक्कासि इन्जिन बन्द भयो, पुनः स्टार्ट गर्न खोज्यौँ भएन, त्यसपछि सुर्खेत पुग्न पनि टाइम लाग्ने र हुम्ला फर्कन पनि नसक्ने अवस्था आएपछि विमानलाई कर्णाली नदीमा सुरक्षित अवरण गर्न खोज्दा दुर्घटना भयो” पाइलट साङ्गे लामाको भनाइ उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले राससलाई जानकारी दिनुभयो । “विमानलाई खोलामा सेफ ल्यान्डिङ गर्दा दुवैजना बेहोस भयौँ, केहीबेरमा होस आएर पौडिँदै खोलाबाहिर निस्कन सफल भयौँ ।” चालक लामाले भन्नुभयो । 

घटना लगत्तै सिमिकोटमा रहेको सिम्रिक एयरको हेलिकप्टरले घाइते चालकको उद्धार गरेको थियो । दुर्घटनामा दुवै पाइलट सामान्य घाइते भएको र जिल्ला अस्पताल हुम्लामा उपचारपछि अहिले थप स्वास्थ्य परीक्षणका लागि सोही हेलिकप्टरमार्फतै नेपालगन्ज मेडिकल कलेज पठाइएको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।अहिले दुर्घटनाग्रस्त विमानलाई कर्णाली नदीले बगाएको जानकारी आफूहरुले पाए पनि घटनास्थलबाट थप जानकारी नआएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते