साउन २१, अर्घाखाँची | अर्घाखाँचीको नुवाकोट गाविसका टेकबहादुर केसीले बाबु र श्रीमतीको हत्या गर्ने प्रयासपछि आत्महत्या गरेका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, अर्घाखाँची | अर्घाखाँचीको नुवाकोट गाविसका टेकबहादुर केसीले बाबु र श्रीमतीको हत्या गर्ने प्रयासपछि आत्महत्या गरेका छन"/>
२५ पुष २०८२, शुक्रबार
अर्घाखाँची - AGK

कतारबाट फर्केको २ घण्टामा श्रीमती र बाबुको हत्या प्रयासपछि आत्महत्या

२१ श्रावण २०७३, शुक्रबार ०१:०३

साउन २१, अर्घाखाँची | अर्घाखाँचीको नुवाकोट गाविसका टेकबहादुर केसीले बाबु र श्रीमतीको हत्या गर्ने प्रयासपछि आत्महत्या गरेका छन् । कतारबाट आएको झण्डै दुई घण्टापछि उनले श्रीमती सिर्जना केसीको हत्या गर्न खोजेका थिए । 

अर्घाखाँचीस्थित नुवाकोट गाविस–२ करौदीका टेकबहादुरले १० महिनामा कतारबाट घर फर्किए लगत्तै श्रीमती २४ वर्षकी सिर्जनालाई धारिलो हतियारले हानेर हत्या गर्ने प्रयास गरेका थिए । तर उनले श्रीमतीको हत्या प्रयासपछि टेकबहादुरले घर नजिकै रहेको काभ्राको बोटमा झुण्डिएर आत्महत्या गरे । टेक बहादुरको तीन वर्षकी एउटी छोरी पनि छिन् । 

टेकबहादुर कतारबाट घर फर्किँदा घरमा वृद्ध ससुरा र सिर्जना थिए । त्यतिकैमा श्रीमानले केही काम छ भन्दै कोठामा लगेर श्रीमतीलाई बसुलाले हाने तर सिर्जनाले  रोक्न सफल बनिन र बाँचिन । त्यसअघि टेकबहादुरले बाबुलाई घाटी थिचेर मार्ने प्रयास गरेका थिए । सिर्जनाको टाउको र शरिरको पछाडी पट्टिको भागमा चोट लागेको छ, सिर्जना र उनका ससुरा चिच्याएर हार -गुहार गरेपछि छिमेकी आइपुगेका कारण दुव जना बाच्न सफल भए । टेकबहादुर त्यतिबेलै भागेर घर नजिकैको रुखमा पुगी झुण्डियर आत्महत्या गरेको स्थानीय बासिन्दाको भनाई छ । तर बुबा छोराको पन्जाबाट भाग्न सफल बनेका थिए । 

टेक बहादुरले आफ्नै बाबु र श्रीमतीको हत्या गर्ने योजना किन बनाएका थिए र आफै आत्महत्या किन गरे ? भन्ने बिषय भने टेक बहादुरको मृत्युसँगै रहश्यमय बनेको छ । त्यस विषयमा प्रहरीले अनुसन्धान गर्ने बताएको छ ।  

सिर्जनालाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबलमा लगिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो