साउन २१, बैतडी । जिल्लामा कक्षा ३ मा पढ्ने ११।७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । 

यसमा खास गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, बैतडी । जिल्लामा कक्षा ३ मा पढ्ने ११।७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । 

यसमा खास गर"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा कक्षा ३ मा पढ्नेले अक्षर चिन्दैनन्

२१ श्रावण २०७३, शुक्रबार ०३:०९

साउन २१, बैतडी । जिल्लामा कक्षा ३ मा पढ्ने ११।७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । 

यसमा खास गरेर नेपाली विषयमा स्वर तथा व्यञ्जन अक्षरको सामान्य चिनारीका बारेमा विद्यार्थीको सिकाइको स्तर मापन गरिएको बताइएको छ । शिक्षाका लागि खाद्य कार्यक्रम सञ्चालन भएका ३६ ओटा गाविसका एक हजार २९१ विद्यार्थीको सिकाइस्तर मापन गर्दा ११।७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने फेला परेको विश्व शिक्षाका जिल्ला कार्यक्रम संयोजक पदम धामीले बताउनुभयो । 

कक्षा १ का ५६१, कक्षा २ का ३८८ र कक्षा ३ का ३४२ विद्यार्थीको सिकाइको स्तर मापन गरिएको उहाँले बताउनुभयो । कक्षा २ मा ३१।२ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेका छन् भने कक्षा १ मा ७९।५ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको बताइएको छ । 

निरन्तर विद्यार्थी मूल्याङ्कनको महत्व नबुझ्नु, बालबालिकाको पढाइप्रति अभिभावकको ध्यान नजानु, कक्षाकोठाको कमजोर व्यवस्थापनका कारण विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको हो । कक्षा ३ मा खरर्र अक्षर चिन्न सक्ने १४।७ प्रतिशत रहेका छन् भने अकमकिएर अक्षर चिन्न सक्ने ११।७ प्रतिशत रहेका छन् । 

यसैगरी, बिस्तारै अक्षर चिन्न सक्ने ६१।९ प्रतिशत परीक्षार्थी रहेको बताइएको छ । विद्यार्थीको सिकाइ उपलब्धि मापन गरिसकेपछि सिकाइ उपलब्धि बढाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको र त्यसपछि मध्यावधि मूल्याङ्कन गरिने कार्यक्रम संयोजक धामीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो