साउन २१, लाहान । आफ्नै बहिनीमाथि खुकुरी प्रहार गरी गर्भमा रहेको शिशुलाई क्षति पु¥याएको आरोपमा प्रहरीले गएराति सिरहाको लहानबाट एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लहान नगरपालिका–२० निवासी उमेशकुमार महतो रहेको प्रहरीले जनाएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, लाहान । आफ्नै बहिनीमाथि खुकुरी प्रहार गरी गर्भमा रहेको शिशुलाई क्षति पु¥याएको आरोपमा प्रहरीले गएराति सिरहाको लहानबाट एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लहान नगरपालिका–२० निवासी उमेशकुमार महतो रहेको प्रहरीले जनाएको छ । "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहिनीमाथि खुकुरी प्रहार गर्ने दाजु पक्राउ

२०७३, २१ श्रावण शुक्रबार ०४:३५

साउन २१, लाहान । आफ्नै बहिनीमाथि खुकुरी प्रहार गरी गर्भमा रहेको शिशुलाई क्षति पु¥याएको आरोपमा प्रहरीले गएराति सिरहाको लहानबाट एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लहान नगरपालिका–२० निवासी उमेशकुमार महतो रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै फरार भएका उमेशलाई खोजतलास गर्नेक्रममा गाउँनजिकैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । 

घरायसी विवादका कारण गत २०७२ साल भदौ ८ गते बिहान उमेशले बहिनी रेणुकुमारी महतोमाथि खुकुरीले शरीरका बिभिन्न भागमा प्रहार गरी घाइते बनाएका थिए । गम्भीर घाइते रेणुको चिन्ताजनक अवस्थामा तत्कालै उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा २०७२ साल भदौ १४ गते उपचारका क्रममा रेणुको गर्भमा रहेको शिशुलाई मृत अवस्थामा निकालिएको थियो । 

नवजात शिशुको सोही चोटको कारणबाट मृत्यु भएको चिकित्सकले पुष्टी गरेकाले घटनामा संलग्न उमेशलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति