२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बिग्रेका सवारीसाधनले दुर्घटनाको जोखिम

२०७७, २७ माघ मंगलवार ०७:०८

माघ २७, नवलपरासी । बिग्रेका सवारीलाई समयमै व्यवस्थापन गर्न नसक्दा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रहेका धेरै सवारी समयमा नहटाउँदा दुर्घटनाको जोखिम बढेको हो । जिल्लाको दाउन्ने क्षेत्रमा बिग्रिएका सवारीका कारण झनै दुर्घटनाको जोखिम बढेको छ । साथै यस क्षेत्रमा बिग्रिएका सवारी समयमा नहटाउदा जामको समस्यासमेत हुने गरेको छ ।  

दाउन्ने क्षेत्र अत्यधिक दुर्घटना हुने क्षेत्र भनेर चिनिन्छ । पहाडको उकालोओरालो, अप्ठेरो र घुम्ती धेरै हुँदा दुर्घटना बढी हुनेगर्छ । त्यसमाथि बिग्रेका सवारी छिट्टै व्यवस्थापन गर्न नसक्दा दाउन्ने क्षेत्रमा घण्टौँ जाम हुने समस्या हुँदै आएको छ ।  

विनयी त्रिवेणी गाउँपालिकादेखि बर्दघाट नगरपालिकासम्मको १४ किलोमिटर क्षेत्रको दाउन्ने पहाडमा दैनिकजसो छ सात वटा सवारी बिग्रने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका  प्रमुख मुनेन्द्र थापा बताउनुहुन्छ ।

धेरै भार बोकेका ट्रक बढी बिग्रने गरेको थापाको भनाइ छ ।  उकालोमा लोड तान्न नसक्दा ट्रक बिग्रने गरेको उहाँ बताउनुहुन्छ । ‘दैनिकजसो छ सातवटा गाडी बिग्रेकै हुन्छ, कहिले बीच बाटोमै बिग्रन्छ , कहिले घुम्तीमै बिग्रन्छ । त्यसले गर्दा जाम हुने, दुर्घटना हुने धेरै समस्या पारेको छ ।’ थापाले भन्नुभयो,“सडको बिचमा र घुम्तीमा सवारी बिग्रदा निकै समस्या हुने गरेको उहाँ बताउनुहुन्छ ।” ‘बिग्रेका गाडीले जाम नगराओस्, दुर्घटना नगराओस् भनी ट्राफिक खटाउनपर्छ , कुरेर बस्नुपर्छ । तेही पनि कहिले त घण्टौँ जाम हुन्छ । जाडोको समयमा कुहिरोले रोकेका गाडी राम्ररी देखिन्न, त्यही गाडीमा अर्को गाडी ठक्कर खाएर दुर्घटना हुन्छ । ’ थापाले भन्नुभयो । 

बिग्रेका सवारी तुरुन्तै हटाउन (साइड) लाउन नसक्दा पनि झनै समस्या हुने गरेको उहाँ भन्नुहुन्छ, “लोड ट्रक क्रेनले हटाउन सक्दैनन्, बनाउनैपर्ने हुन्छ । सवारी चालकले कहिले आवश्यक पाटपूर्जा नजिकै पाउदैनन् । कहिले  साहुसँग सम्पर्क हुनसकेन भन्छन् । कहिले मिस्त्री पाइएन भन्छन् । जसका कारण बिग्रेको सवारीलाई तुरुन्तै हटाउन हामी सक्दैनौ । ” 

दुर्घटनाको जोखिम कम गर्न र जाम हुने समस्या समाधानका लागि बिग्रेका सवारीको छिटो व्यवस्थापन गर्नु नै उत्तम विकल्प भए पनि आफूहरु त्यसो गर्न असमर्थ रहको  थापा बताउनुहुन्छ । दाउन्ने क्षेत्रमा यात्रा गर्दा चिसो समयमा कुहिरो लागेका बेला चालक आफैँले सर्तकतापूर्वक सवारी चलाउन उहाँले आग्रह गर्नुभएको छ । क्षमताभन्दा बढी भार बोक्ने सवारीलाई कारवाहीको दायरामा ल्याउन सके केही हदसम्म यो समस्या कम गर्न सकिने उहाँले बताउनुभयो । 

नवलपरासी पूर्वमा पर्ने पूर्व–पश्चिम राजमार्गका विभिन्न ठाउँमा सडकको कालोपत्र उप्किएर  ठूलाठूला खाल्डो हुँदा  आवतजावत गर्नेले निकै सास्ती भएको गुनासो गरेका थिए । दाउन्ने क्षेत्रको सडक पूरै जीर्ण बनेको थियो । गुनासो आएपछि अहिले सडक विभागले दाउन्ने क्षेत्रको सडक मर्मतसम्भार गरेको छ । ग्राभेल विछ्याएर रोलरले च्यापेर बाटो सम्याइएको छ भने, धुलो उड्न नदिनका लागि  नियमित रुपमा पानी राख्ने गरेको छ । बाटोको मर्मत भएपछि अहिले आउजाउ गर्न सहज भएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई