८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बिग्रेका सवारीसाधनले दुर्घटनाको जोखिम

२७ माघ २०७७, मंगलवार ०७:०८

माघ २७, नवलपरासी । बिग्रेका सवारीलाई समयमै व्यवस्थापन गर्न नसक्दा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रहेका धेरै सवारी समयमा नहटाउँदा दुर्घटनाको जोखिम बढेको हो । जिल्लाको दाउन्ने क्षेत्रमा बिग्रिएका सवारीका कारण झनै दुर्घटनाको जोखिम बढेको छ । साथै यस क्षेत्रमा बिग्रिएका सवारी समयमा नहटाउदा जामको समस्यासमेत हुने गरेको छ ।  

दाउन्ने क्षेत्र अत्यधिक दुर्घटना हुने क्षेत्र भनेर चिनिन्छ । पहाडको उकालोओरालो, अप्ठेरो र घुम्ती धेरै हुँदा दुर्घटना बढी हुनेगर्छ । त्यसमाथि बिग्रेका सवारी छिट्टै व्यवस्थापन गर्न नसक्दा दाउन्ने क्षेत्रमा घण्टौँ जाम हुने समस्या हुँदै आएको छ ।  

विनयी त्रिवेणी गाउँपालिकादेखि बर्दघाट नगरपालिकासम्मको १४ किलोमिटर क्षेत्रको दाउन्ने पहाडमा दैनिकजसो छ सात वटा सवारी बिग्रने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका  प्रमुख मुनेन्द्र थापा बताउनुहुन्छ ।

धेरै भार बोकेका ट्रक बढी बिग्रने गरेको थापाको भनाइ छ ।  उकालोमा लोड तान्न नसक्दा ट्रक बिग्रने गरेको उहाँ बताउनुहुन्छ । ‘दैनिकजसो छ सातवटा गाडी बिग्रेकै हुन्छ, कहिले बीच बाटोमै बिग्रन्छ , कहिले घुम्तीमै बिग्रन्छ । त्यसले गर्दा जाम हुने, दुर्घटना हुने धेरै समस्या पारेको छ ।’ थापाले भन्नुभयो,“सडको बिचमा र घुम्तीमा सवारी बिग्रदा निकै समस्या हुने गरेको उहाँ बताउनुहुन्छ ।” ‘बिग्रेका गाडीले जाम नगराओस्, दुर्घटना नगराओस् भनी ट्राफिक खटाउनपर्छ , कुरेर बस्नुपर्छ । तेही पनि कहिले त घण्टौँ जाम हुन्छ । जाडोको समयमा कुहिरोले रोकेका गाडी राम्ररी देखिन्न, त्यही गाडीमा अर्को गाडी ठक्कर खाएर दुर्घटना हुन्छ । ’ थापाले भन्नुभयो । 

बिग्रेका सवारी तुरुन्तै हटाउन (साइड) लाउन नसक्दा पनि झनै समस्या हुने गरेको उहाँ भन्नुहुन्छ, “लोड ट्रक क्रेनले हटाउन सक्दैनन्, बनाउनैपर्ने हुन्छ । सवारी चालकले कहिले आवश्यक पाटपूर्जा नजिकै पाउदैनन् । कहिले  साहुसँग सम्पर्क हुनसकेन भन्छन् । कहिले मिस्त्री पाइएन भन्छन् । जसका कारण बिग्रेको सवारीलाई तुरुन्तै हटाउन हामी सक्दैनौ । ” 

दुर्घटनाको जोखिम कम गर्न र जाम हुने समस्या समाधानका लागि बिग्रेका सवारीको छिटो व्यवस्थापन गर्नु नै उत्तम विकल्प भए पनि आफूहरु त्यसो गर्न असमर्थ रहको  थापा बताउनुहुन्छ । दाउन्ने क्षेत्रमा यात्रा गर्दा चिसो समयमा कुहिरो लागेका बेला चालक आफैँले सर्तकतापूर्वक सवारी चलाउन उहाँले आग्रह गर्नुभएको छ । क्षमताभन्दा बढी भार बोक्ने सवारीलाई कारवाहीको दायरामा ल्याउन सके केही हदसम्म यो समस्या कम गर्न सकिने उहाँले बताउनुभयो । 

नवलपरासी पूर्वमा पर्ने पूर्व–पश्चिम राजमार्गका विभिन्न ठाउँमा सडकको कालोपत्र उप्किएर  ठूलाठूला खाल्डो हुँदा  आवतजावत गर्नेले निकै सास्ती भएको गुनासो गरेका थिए । दाउन्ने क्षेत्रको सडक पूरै जीर्ण बनेको थियो । गुनासो आएपछि अहिले सडक विभागले दाउन्ने क्षेत्रको सडक मर्मतसम्भार गरेको छ । ग्राभेल विछ्याएर रोलरले च्यापेर बाटो सम्याइएको छ भने, धुलो उड्न नदिनका लागि  नियमित रुपमा पानी राख्ने गरेको छ । बाटोको मर्मत भएपछि अहिले आउजाउ गर्न सहज भएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता