साउन २१, उदयपुर । उदयपुरको तपेस्वरी–१ स्थित बेलही क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न नेपाली सेनाको १८ नम्बर वाहिनीअन्तर्गत भवानी दल गण, बोक्सेको सक्रियतामा ४०० मिटर लामो अस्थायी बाँध निर्माण सम्पन्न भएपछि बेलहीवासी सुरक्षित भएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, उदयपुर । उदयपुरको तपेस्वरी–१ स्थित बेलही क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न नेपाली सेनाको १८ नम्बर वाहिनीअन्तर्गत भवानी दल गण, बोक्सेको सक्रियतामा ४०० मिटर लामो अस्थायी बाँध निर्माण सम्पन्न भएपछि बेलहीवासी सुरक्षित भएका छन् । 

२५ पुष २०८२, शुक्रबार
उदयपुर - UDP

सेनाको सक्रियतामा बाँध निर्माण

२१ श्रावण २०७३, शुक्रबार ०६:०५

साउन २१, उदयपुर । उदयपुरको तपेस्वरी–१ स्थित बेलही क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न नेपाली सेनाको १८ नम्बर वाहिनीअन्तर्गत भवानी दल गण, बोक्सेको सक्रियतामा ४०० मिटर लामो अस्थायी बाँध निर्माण सम्पन्न भएपछि बेलहीवासी सुरक्षित भएका छन् । 

स्थानीय प्रशासनले चार हजार बोरा उपलब्ध गराएपछि १८ गतेदेखि दुई दिनसम्म सेनाको सक्रियतामा बोरामा बालुवा भरेर त्रियुगा नदीले कटान गरेको स्थानमा अस्थायी बाँध निर्माण गर्ने कार्य सम्पन्न भएको कुरा भवानीदल गण बोक्सेका गणपति सुमन खड्काले बताउनुभयो । 

अस्थायी बाँध निर्माण गर्नका लागि स्थानीय जनताले समेत ढुङ्गालगायत बाँस उपलब्ध गराएपछि जनतासहितको सहभागितामा ४०० मिटर लामो अस्थायी बाँध निर्माण भएको सेनाले बताएको छ । बाँध निर्माणमा भवानी दल गणका ८० जना सेनाका जवानसहित त्रियुगा सशस्त्र प्रहरी गुल्म र स्थानीय प्रहरी गरेर १२५ जना सुरक्षाकर्मीको नेतृत्वमा स्थानीय जनताको सहभागितासहित उक्त बाँध निर्माण कार्य सम्पन्न भएको गणपति खड्काले बताउनुभयो । 

यही साउन १० देखि १२ गतेसम्म निरन्तर वर्षासँगै आएको भीषण बाढीले बेलही क्षेत्रमा धेरै भूभाग कटान गर्दै त्रियुगा नदी गाउँ प्रवेश गर्न लागेको थियो । स्थानीयवासीले जिल्ला प्रशासन तथा सुरक्षा निकायमा हारगुहार मागेपछि आफूहरुले गाउँ बचाउन अस्थायी बाँध निर्माण गरेको सेनाले बताएको छ । बाँध निर्माण सम्पन्न भएपछि आफुहरुले अब सुरक्षित महसुस गरेको बेलहीका स्थानीय समाजसेवी मदन कार्कीले बताउनुभयो । 

कार्की भन्छन्, “लामो समयदेखि त्रियुगा नदीले कटान गर्दै आएर यसपटक गाउँ नै बगाउने परिस्थितिमा पुगेको बेला सेना र सुरक्षा निकायको सहयोगमा आफूहरुको गाउँ सुरक्षित भएको छ, हामी सुरक्षा निकायका महानुभावसँग आभारी र ऋणी छौँ ।” 

अस्थायी बाँध निर्माण कार्य सम्पन्न भएपछि बेलही र भागलपुर क्षेत्र गरेर झन्डै एक हजार ८०० घरपरिवारको बाह्र हजार जनसङ्ख्या सुरक्षित हुन पुगेको कुरा सेना तथा स्थानीय जनताले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो