साउन २१, उदयपुर । उदयपुरको तपेस्वरी–१ स्थित बेलही क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न नेपाली सेनाको १८ नम्बर वाहिनीअन्तर्गत भवानी दल गण, बोक्सेको सक्रियतामा ४०० मिटर लामो अस्थायी बाँध निर्माण सम्पन्न भएपछि बेलहीवासी सुरक्षित भएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, उदयपुर । उदयपुरको तपेस्वरी–१ स्थित बेलही क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न नेपाली सेनाको १८ नम्बर वाहिनीअन्तर्गत भवानी दल गण, बोक्सेको सक्रियतामा ४०० मिटर लामो अस्थायी बाँध निर्माण सम्पन्न भएपछि बेलहीवासी सुरक्षित भएका छन् । 

२०८२, ३० फाल्गुन शनिबार
उदयपुर - UDP

सेनाको सक्रियतामा बाँध निर्माण

२०७३, २१ श्रावण शुक्रबार ०६:०५

साउन २१, उदयपुर । उदयपुरको तपेस्वरी–१ स्थित बेलही क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न नेपाली सेनाको १८ नम्बर वाहिनीअन्तर्गत भवानी दल गण, बोक्सेको सक्रियतामा ४०० मिटर लामो अस्थायी बाँध निर्माण सम्पन्न भएपछि बेलहीवासी सुरक्षित भएका छन् । 

स्थानीय प्रशासनले चार हजार बोरा उपलब्ध गराएपछि १८ गतेदेखि दुई दिनसम्म सेनाको सक्रियतामा बोरामा बालुवा भरेर त्रियुगा नदीले कटान गरेको स्थानमा अस्थायी बाँध निर्माण गर्ने कार्य सम्पन्न भएको कुरा भवानीदल गण बोक्सेका गणपति सुमन खड्काले बताउनुभयो । 

अस्थायी बाँध निर्माण गर्नका लागि स्थानीय जनताले समेत ढुङ्गालगायत बाँस उपलब्ध गराएपछि जनतासहितको सहभागितामा ४०० मिटर लामो अस्थायी बाँध निर्माण भएको सेनाले बताएको छ । बाँध निर्माणमा भवानी दल गणका ८० जना सेनाका जवानसहित त्रियुगा सशस्त्र प्रहरी गुल्म र स्थानीय प्रहरी गरेर १२५ जना सुरक्षाकर्मीको नेतृत्वमा स्थानीय जनताको सहभागितासहित उक्त बाँध निर्माण कार्य सम्पन्न भएको गणपति खड्काले बताउनुभयो । 

यही साउन १० देखि १२ गतेसम्म निरन्तर वर्षासँगै आएको भीषण बाढीले बेलही क्षेत्रमा धेरै भूभाग कटान गर्दै त्रियुगा नदी गाउँ प्रवेश गर्न लागेको थियो । स्थानीयवासीले जिल्ला प्रशासन तथा सुरक्षा निकायमा हारगुहार मागेपछि आफूहरुले गाउँ बचाउन अस्थायी बाँध निर्माण गरेको सेनाले बताएको छ । बाँध निर्माण सम्पन्न भएपछि आफुहरुले अब सुरक्षित महसुस गरेको बेलहीका स्थानीय समाजसेवी मदन कार्कीले बताउनुभयो । 

कार्की भन्छन्, “लामो समयदेखि त्रियुगा नदीले कटान गर्दै आएर यसपटक गाउँ नै बगाउने परिस्थितिमा पुगेको बेला सेना र सुरक्षा निकायको सहयोगमा आफूहरुको गाउँ सुरक्षित भएको छ, हामी सुरक्षा निकायका महानुभावसँग आभारी र ऋणी छौँ ।” 

अस्थायी बाँध निर्माण कार्य सम्पन्न भएपछि बेलही र भागलपुर क्षेत्र गरेर झन्डै एक हजार ८०० घरपरिवारको बाह्र हजार जनसङ्ख्या सुरक्षित हुन पुगेको कुरा सेना तथा स्थानीय जनताले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त