कालीगण्डकी दोहन विरुद्ध प्रहरी

Posted on: 05 Aug, 2016

साउन २१, पर्बत | जिल्लास्थित क्रसर व्यवसायी र नदीजन्य पदार्थ उत्खनन् गर्ने ठेकेदारहरुले पवित्र कालीगण्डकी नदीबाट कानून   विपरित नदीजन्य पदार्थ उत्खन्नन् कार्य नरोकेपछि धार्मिक महत्व बोकेको कालीगण्डकी नदीको अस्तित्व थप संकटमा परेको छ । कानून विपरित नदीजन्य पदार्थ उत्खनन् गर्नेहरु राजनीतिक आड र पैसाका भरमा सक्रिय बन्न थालेपछि पवित्र कालीगण्डकी नदीको संरक्षणमा निरन्तर जुट्दै आएको पर्वत प्रहरी त्यस हर्कतलाई रोक्न थप सशक्त बनेको हो ।

प्रहरीले गत चैत्र २८ गते मध्यरातमा नदीको बीच वहाबमा स्काभेटर लगाएर नदीजन्य पदार्थ उत्खन्न् गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरी एक्साभेटर र ट्रिपरलाई समेत नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।

दर्जनौं पटक नदीमाथिको दोहनलाई निस्तेज पार्दै आएको पर्वत प्रहरीले पछिल्लो पटक गत शनिवार ११ वटा ट्याक्टरलाई नियम विपरित नदीबाट बालुवा झिक्दै गरेको अवस्थामा पक्राउ     गरी जिल्ला विकास समितिमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतमा प्रहरी नायव उपरीक्षकको जिम्मेवारी सम्हालिरहेकी गंगा पन्त तालिमको शिलशिलामा विदेश भ्रमण रहँदा अवैध धन्दा ह्वात्त बढ्न गएपनि उनी आएकै बेलुका स्काभेटर र ट्रिपर पक्राउ गरी जिविसमा बुझाएकी    थिइन् ।

आर्थिक प्रलोभन र राजनीतिक संरक्षणका भरमा गत–विगतमा मौलाएको चोरी धन्दा पन्त पर्वत आएदेखि भने रातारात मालामाल बन्नेहरुका लागि टाउको दुखाएको विषय बन्दै गएको छ ।

‘ठगी धन्दा गर्ने गिरोहले आर्थिक प्रलोभनमा कर्मचारीहरुलाई पार्ने गरेको र आफै मनोमानी प्रपोगाण्डा बनाएर बदनीयतपूर्ण ढंगबाट राज्यलाई निरीह बनाउने दुस्प्रयास गरेकोप्रति प्रहरी सदैव सजग छ ।’         प्रनाउ पन्तले भनिन् ‘नियमानुसार हुने बाहेकका गतिविधिमा प्रहरी सधैं सक्रिय रहन्छ तर कानून पालना गराउन हामीलाई कसैको निर्देशन पर्खिरहनु पर्दैन ।’

प्रहरीले निगरानी ढाइरहने र कानून विपरित गर्नेलाई कारवाहीको दायरामा तानिरहेपनि जिल्ला विकास समितिले सामान्य कारवाही गरेराडेकोप्रति स्थानीयबासी आक्रोसित छन् । प्रहरीले अवैध धन्दा विरुद्धको कारवाही आक्रामक बनाइरहँदा जिल्ला विकास समितिले भने आलटालको नीति अबलम्वन गरेकोप्रति सर्वसाधारण सशंकित बनेका छन् ।

नियमपूर्वक काम गर्दा पनि जिल्लाको बालुवा, रोडा, ढुंगा, गिट्टि आदिको आवश्यकता धान्न सक्ने अबस्था हुँदा हुँदै पनि धार्मिक तथा पर्यटकीय हिसावले समेत महत्वपूर्ण मानिँदै आएको र विश्वमा अति दुर्लभ कालीगण्डकी नदीमा मात्र पाइने ‘शालिग्राम शिला’ समेत गिट्टी बनाएर कुटिनु, बेचिनुले शालिग्रामको अस्तित्व दिनानुदिन लोप हुँदै गइरहेको छ ।

पवित्र कालीगण्डकी नदीको अस्तित्व जोगाउन र शालिग्राम शिला संरक्षण गर्न भन्दै स्थानीयहरुले कालीगण्डकी बचाउ अभियान समेत शुभारम्भ गरिसकेका छन् ।

वर्षाको समयमा बेल्चा लगाएर समेत बालुवा झिक्न नपाइने सरकारको नीति भएपनि नदीबाट जवर्जस्त नदीजन्य पदार्थ झिक्ने र बेलाबेलामा वहावनै परिवर्तन हुने गरी उच्च जोखिमयुक्त ठाउँमा ढुंगा, गिटी, बालुवा झिक्ने कार्यले कालीगण्डकी पुल, लस्ती बजार, सहस्रधाराबजार लगायतका वस्तीहरु उच्च जोखिममा रहेका छन् ।  कालीगण्डकी नदी माथिको दोहन विरुद्धको अभियान प्रहरी नायव उपरीक्षक गंगा पन्त पर्वत आएदेखि थप सशक्त भएको हो । यस अघि पनि तत्कालिन मूख्य सचिव लिलामणि पौड्याल र क्षेत्रीय प्रशासकले अवैध धन्दा रोक्न र नियम विपरित भएका क्रसरहरुलाई बन्द गराउन निर्देशन दिएका थिए भने । त्यसैगरी कृष्ण लम्साल प्रमूख जिल्ला अधिकारी हुँदा अबैध रुपमा भएका नदी दोहन रोक्न आफै फिल् मा  नै गई बिशेष पहल गरेको स्थानियको भनाई रहेको छ ।

हाल जिल्ला भित्र रहेका दुई क्रसर उद्योग मध्ये प्रचलित मापदण्ड विपरित रहेको कालीगण्डकी क्रसर उद्योगलाई यस अघि नै बन्द गर्न सरकारले निर्देशन दिइसकेको छ भने चालु अवस्थामा रहेको ॐ दक्षिणामकाली क्रसर उद्योगले समेत नियम विपरित नदीजन्य पदार्थ उत्खनन् गरिरहेको कुरा स्थलगत रुपमा हजारौ ट्रिपका रुपमा थुप्रिएको बालुवा, गिट्टिबाट समेत खुल्न आउँछ ।

जिल्ला प्रहरी कार्यालयबाट झण्डै १ घण्टाको सवारी दुरीमा रहेको यस क्रसर उद्योगबाट हुने अबैध उत्खनन् प्रहरीको निरन्तरको प्रयास हुँदा हुँदै पनि पूर्णरुपमा निर्मुल हुन सकिरहेको छैन तर पनि प्रहरीले अषाढ २५ गते यही क्रसर उद्योगले नदिमा स्काभेटर हाली उत्खनन गरिरहेको अवस्थामा रातको ११ बजे २ चालक सहित ट्रिपर समेतलाई नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याएको थियो ।

यसै सन्दर्भमा बिगत ४ महिना देखि पर्वत प्रहरीले ३ बटा मुद्धाहरुपनि खेप्दै आएको छ । पुनरावेदन अदालत बाग्लुङ्गबाट आफूले चाहे बमोजिमको निर्णय  गराउन सकिने भनी क्रसर ब्यवसायीले सार्बजनिकरुपमा अदालतको मर्यादा माथि धावा बोलेको अवस्थामा पनि पर्वत प्रहरी निडर रुपमा अगाडि बढि रहेको छ । यसरी राजनीतिक आडभरोसाका भरमा दादागिरी गर्ने र केही मान्छेलाई आर्थिक प्रलोभनमा    पारी कालगण्डकी नदीको अस्तित्वलाई नै संकटमा पर्ने क्रसर व्यवसायीहरुको यो हर्कतका विरुद्ध प्रहरीलाई स्थानीयबासी र नागरिक समाजका पनि दह्रो साथ र सहयोग रहँदै आएको   छ ।

क्रसर व्यवसायीले प्रहरी प्रशासनलाई हरसम्भव प्रयाश गर्दा पनि हातमा लिन नसकेपछि हाल पैसाको भरमा बिभिन्न किसिमबाट प्रहरी प्रमूखको चरित्र हत्या हुने किसिमबाट समाचारहरु सम्प्रेषण गर्न थालेपछि पर्वतवासीहरुले चासो लिन थालिसकेका छन् । जसलाई जुनसुकै किसिमबाट प्रलोभनमा पारेपनि अवका दिनहरुमा यसरी अबैध काम गर्न निजहरुलाई सजिलो नहुने चाहि पक्का छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!