घर परिवार सबैलाई सम्झाई-बुझाई सुसाईट नोट लेखेर आत्महत्या (यस्तो छ सुसाईट नोट)

Posted on: 05 Aug, 2016

सन्तोषकुमार गुप्ता  साउन २१, दाङ । देउखुरीको सिसहनिया स्वास्थ्य चौकीका निवृत इन्चार्ज शिवहरि शर्माले बिहिबार राती सुसाईत नोट लेखेर आत्महत्या गर्नु भएको छ । सिसहनियाँ—७ लठहवा निवासी करिब ६० बर्षीय शर्माले चार पृष्ठको सुसाईट नोट लेखेर आत्मा हत्या गर्नु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिनु भएको छ ।

सुसाईट नोटमा आत्माहत्याको ठोस कारण नखुलाईएको प्रहरीले जनाएको छ । शर्माको शव घर नजिकैको नालामा मृत अवस्था फेला परेको थियो । उहाँको मृत्युको आधिकारिक कारण भने पुष्ठी नसकेको र शर्माले लेख्नु भएको उक्त सुसाईट नोटमा ईलाका प्रहरी कार्यालय भालुवाङ र सिसहनियाँ प्रहरी चौकीलाई सम्बोधन गदै म आफू खुसी आत्महत्या गरेको हुँ यसमा कोही पनि दोषी नभएकोे उल्लेख गरिएको छ । सुसाईट नोटमा आफ्नो घर परिवार, श्रीमती, छोरा, छोरी, भाई, बहिनी, इष्टमित्र, स्वास्थ्य चौकीका कर्मचारी, साथीभाईहरुलाई सम्झाई बुझाई गरी लेख्नु भएको छ ।  मृतक शर्माको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र लमही पठाईएको प्रहरीले जनाएको छ ।

यस्तो छ सुसाइट नोट: 






यस बिषयमा तपाइको प्रतिक्रिया...!