भाष्कर के.सी | साउन २१, कञ्चनपुर | नेपाल किसान पार्टीले कञ्चनपुरमा भई रहेको श्रृखलावद्ध हत्या हिंसा र भारतिय हस्तक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी | साउन २१, कञ्चनपुर | नेपाल किसान पार्टीले कञ्चनपुरमा भई रहेको श्रृखलावद्ध हत्या हिंसा र भारतिय हस्तक्"/>
२५ पुष २०८२, शुक्रबार
कन्चनपुर - KNC

हत्या, हिंसा र भारतिय हस्तक्षेपको विरुद्धमा र्याली

२१ श्रावण २०७३, शुक्रबार १२:२५

भाष्कर के.सी | साउन २१, कञ्चनपुर | नेपाल किसान पार्टीले कञ्चनपुरमा भई रहेको श्रृखलावद्ध हत्या हिंसा र भारतिय हस्तक्षेपको विरुद्धमा २२ गते शनिबार कञ्चनपुर देखि चिसापानी स्थित कर्णाली पुल सम्म ¥याली निकालने भएको छ । 

किसानको हक हितमा लड्दै आइरहेको किसान पार्टीले वास्तविक भुमिहिन  लाई जग्गा प्रदान गर्नु पर्ने, नेपाल सरकार भारतीय जिएमआर विच माथिल्लो अर्थात अपर कर्णालीको विषयमा भएको सम्झौता खारेजीको माग गरिएको छ । 

नेपाल किसान पार्टी र ग्रेटर नेपाल कञ्चनपुरले उक्त सम्झौता राष्ट्रियहित विपरित भएकाले उक्त सम्झौता खारेजीको माग गरेको हो । शुक्रबार महेन्द्रनगरमा पत्रकारमा सम्मेलनमा बोल्दै नेपाल किसान पार्टीका अध्यक्ष सिरोमणी ओझाले नेपालको जलस्रोतमाथी विदेशीको कब्जा जमाउने तरिकाले गरिएका सम्झौता आजैदेखि खारेज हुनुपर्नेमा जोडदिए । राष्ट्रको हित नहुने सम्पूर्ण सम्झौता खारेज गरेर नयाँ सम्झौता हुनुपर्ने उनको सुझाव छ ।  ग्रेटर नेपालका क्षेत्रिय महासचिव गौरब जोशीले चार हजार दुइसय मेगावाट क्षमताको माथिल्लो कर्णाली सम्झौताले नेपाललाई घाटा भएको बताए । उनका अनुसार बर्षामा १०८ र सुख्खायाममा ३६ मेगावाट विद्युत नेपालमा दिने सम्झौता र प्राकृतिक कारणबाट कम्पनीलाई क्षति भए नेपालले १५० प्रतिशत क्षतिपूर्ति दिने सम्झौताले नेपाललाई घाटै घाटा हुने बताए ।  

यसैविच कर्णाली सम्झौता खारेजीको माग राख्दै ग्रेटर नेपाल र नेपाल किसान पाटीले शनिबार महेन्द्रनगर देखि कर्णाली चिसापानीसम्म मोटरसाईकल ¥याली निकालेर चिसापानीमा कोण सभा गरिने जनाएको छ । 

यस्तै किसान पार्टी र ग्रेटर नेपालले हत्या हिंसा घटनामा निश्पक्ष छानबिनको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । प्रहरीले घटनाको सत्य तथ्य छानबिन गर्नुको साटो उल्टो प्रहरीले मोलमोलाई गरेको भन्दै किसान पाटीका अध्यक्ष ओझाले प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनाल समक्ष दुखेसो पोेखेका थिए । 

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले प्रहरीले लार्पबाही नगरेको दावि गरेका थिए । किसान पाटी र ग्रेटर नेपालले हत्या, हिंसा, दुर्घटना , बलात्कार लगायत समाजिक, प्राकृतिक घटनामा प्रहरीले कमाउने धन्दा बनाएको गम्भिर आरोप लगाएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने