२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान

२०७७, ३ फाल्गुन सोमबार ०४:४७

फागुन ३, झापा । झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गर्नुभएको छ । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले रु १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिनुभएको प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिनुभयो । अरु जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पुर्याइने र मदरसा भवन निर्माण गरिने मदरसाका प्रमुख अफरोज खानले बताउनुभयो ।

हाल स्थानीय मस्जिदमा कक्षा ४ सम्म मदरसा सञ्चालन हुँदै आएको छ । जग्गा प्राप्त भएको समावेशी टोलमा कक्षा १२ सम्म पठनपाठन हुनेगरी मदरसाको भवन निर्माणका लागि सबै धार्मिक समुदायका दाताहरुलाई आह्वान गरिएको अध्यक्ष खानले बताउनुभयो । सो क्षेत्रमा मुस्लिम समुदायका १५० परिवार बसोबास गर्दै आएको छ । नजिक कुनै विद्यालय नभएको हुँदा मुस्लिम समुदायका सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन मदरसा स्थापना गरिएको वडाध्यक्ष भोजराज सिटौलाले बताउनुभयो ।

समाजसेवी प्रसाईं हिन्दू हुनुहुन्छ । उहाँको जग्गादानले नेपाली समाजमा परापूर्वकालदेखि कायम रहँदै आएको हिन्दू–मुस्लिमबीचको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई उजागर गरेको स्थानीय पत्रकार विजय बरालले बताउनुभयो । जग्गादाता प्रसाईलाई आइतबार एक समारोहबीच मदरसाले सम्मान गरेको छ । मुस्लिम समुदायका बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर मदरसा सञ्चालनका लागि आफूले जग्गा दान गरेको उहाँले बताउनुभयो ।

एक रुपैयाँ दान अभियान शुरु

यसैबीच झापाको अर्जुनधारा–१ स्थित साधुटार गुरुकुलमा आर्थिक अभाव भएपछि सञ्चालकहरूले एक रुपैयाँ दान अभियान शुरु गरेका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले पाँच वर्षसम्म दैनिक एक रुपैयाँका दरले हुने रकम दान गर्दै शनिबार अभियानको शुरुआत गर्नुभयो । 

गुरुकुलका प्राचार्य लक्ष्मीप्रसाद खतिवडाले आगामी पाँच वर्षभित्रमा एक रुपैयाँ दान अभियानबाट संस्थालाई रु ११ करोड सहयोग सङ्कलन गर्ने लक्ष्य लिइएको बताउनुभयो । इलाम जिल्लाको सिमानामा प्राकृतिकरूपमा रमणीय स्थानमा चार बिघा क्षेत्रफलमा साधुटार धार्मिक पर्यटकीय स्थल रहेको छ । शङ्कराचार्य पीठका रूपमा प्रख्यात सो स्थानमा सञ्चालित गुरुकुलमा एक सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

धार्मिक पर्यटकको दानबाट प्राप्त हुने स्रोतबाट नै गर्जो टार्दै आएको गुरुकुल कोभिड–१९ को विश्वव्यापी महामारीबाट आर्थिक सङ्कटमा फँसेपछि सहयोग सङ्कलनका लागि एक रुपैयाँ दान अभियान शुरु गरिएको गुरुकुलका प्राचार्य खतिवडाले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु