८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालन हुने

३ फाल्गुन २०७७, सोमबार १५:५१

फागुन ३, कञ्चनपुर (रासस) । लामो समयदेखि बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउने भएको छ । विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार तथा भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच आज सम्झौता भएको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लगानीको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेशले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने सम्झौता भएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।

विमानस्थलको एक हजार ६८५ मिटर रनबे कालोपत्रे गर्ने कार्य हुनेभएको छ । विमानस्थलको सुुरक्षाका लागि तारवार गर्ने कार्य पूरा भएको छ । विमानस्थल सञ्चालनका लागि यसअघि सम्भाव्यता अध्ययनको कार्यसँगै लागत अनुमानको कार्य गरिएको थियो ।

विसं २०२५ मा निर्माण गरिएको विमानस्थल सशस्त्र द्वन्द्वका कारण विसं २०५५ देखि बन्द अवस्थामा रहेको छ । विमानस्थल सञ्चालन भएपछि यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउने व्यवसायीको भनाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता गणतन्त्रलाई संस्थागत गर्न राससको महत्वपूर्ण भूमिकाः अध्यक्ष दाहाल