१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीति, २०७७ कार्यान्वयन

११ फाल्गुन २०७७, मंगलवार ०९:०७

फागुन ११, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी एकीकृत एवम् उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने उद्देश्यले आयोगले नयाँ नीति कार्यान्वयनमा ल्याएको हो ।

निर्वाचन व्यवस्थापनमा सूचना प्रवाहको विधि र प्रक्रियालाई सामाजिक सञ्जालको विशेषताअनुरूप हुने गरी रूपान्तरण गर्ने, सूचना प्रविधिको उपयोगमा सामाजिक सञ्जालले सिर्जना गरेका अवसर र सम्भावनाको उपयोग गर्दै निर्वाचनमा आउन सक्ने चुनौतीको व्यवस्थापन गर्न योगदान पुुग्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

समाजका सबै वर्ग, लिङ्ग, समुदाय र उमेर समूहका मानिसमा सामाजिक सञ्जालप्रतिको आकर्षण बढ्दै गएको परिप्रेक्षमा एकातर्फ सामाजिक सञ्जालको उपयोग गरी निर्वाचन तथा मतदाता शिक्षा सामग्री, निर्वाचन आयोगका गतिविधि, निर्वाचनका सबै चरण र प्रक्रियाका निर्वाचनसम्बन्धी सूचनाहरु छिटोछरितो, मितव्ययी एवम् प्रभावकारी तवरबाट सम्प्रेषण गर्न सकिने अवसर सिर्जना भएको आयोगको दाबी छ ।

सूचना प्रविधि एवम् सामाजिक सञ्जालको क्षेत्रमा कार्यरत निर्वाचनका सरोकारवालासँग समन्वय र सहकार्य गर्दै आगामी दिनमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन नीति सहयोगी हुने आयोगले अपेक्षा गरेको छ । नीति कार्यान्वयनमा आएसँगै आयोगका सबै गतिविधि र क्रियाकलापहरू सामाजिक सञ्जालका माध्यमबाट लक्षित वर्ग तथा अन्य सरोकारवालालाई सहज र छिटोछरितोरूपमा प्रवाह गरी पारदर्शी बनाउने, सामाजिक सञ्जालका माध्यमबाट निर्वाचन तथा मतदाता शिक्षामा सरोकारवालाको पहुँचलाई सहज र मितव्ययी बनाई समन्वय र सहकार्य वृद्धि गर्दै दोहोरो सञ्चार स्थापित गर्ने, युवा, महिला, समावेशी समूह, अपाङ्गता भएका व्यक्ति लक्षित निर्वाचन तथा मतदाता शिक्षा सामग्रीको उपलब्धता हुनेछ ।

प्रचारप्रसार एवम् पहुँच वृद्धि गर्ने, सामाजिक सञ्जालमा सम्प्रेषित मिथ्या सूचना, दुष्प्रचार, सूचना तोडमोड र द्वेषपूर्ण अभिव्यक्तिको नियमन, तत्काल व्यवस्थापन तथा सूचनाका स्रोतको आधिकारिकता यकिन गर्न योगदान पुग्ने विश्वास गरिएको छ । सक्षम जनशक्ति र संस्थागत प्रणालीको विकास गर्ने, निर्वाचनका सबै चरणमा राजनीतिक दल, सञ्चारमाध्यम तथा निर्वाचनका सरोकारवालाले सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने  निर्वाचनसम्बन्धी सूचना, जानकारी तथा विषयहरूको अनुगमन गर्ने जस्ता कार्यमा नीति कार्यान्वयनबाट सहज हुनेछ । 

सामाजिक सञ्जालका मञ्चको प्रयोग गरी  मिथ्या सूचना, दुष्प्रचार, सूचना तोडमोड एवम् द्वेषपूर्ण अभिव्यक्ति जस्ता क्रियाकलापमार्फत निर्वाचनलाई नकारात्मकरुपमा प्रभाव पार्ने एवम् निर्वाचनको समयमा सामाजिक सञ्जालको माध्यमबाट बाह्य हस्तक्षेप हुन सक्ने जोखिमको विगतमा महसुस गरी नीति कार्यान्वयनमा ल्याइएको हो । समाजिक सञ्जालबाट सिर्जित उल्लिखित अवसरको सदुपयोग गर्ने एवम् सामाजिक सञ्जालको प्रयोगबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरण गर्ने प्रयासस्वरुप  नीति तर्जुमा गरिएको जानकारी दिइएको छ । 

उक्त नीति तर्जुमा गर्दा संवैधानिक एवम् कानूनी व्यवस्था, पन्ध्रौँ पञ्चवर्षीय योजना, आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना एवम् विगतका अभ्यासबाट प्राप्त सिकाइ तथा उपलब्धिलाई आधार मानिएको आयोगले स्पष्ट गरेको छ । नीतिको दूरदृष्टि ‘व्यवस्थित, मर्यादित एवम् विश्वसनीय सामाजिक सञ्जाल’ छ भने ‘निर्वाचनको स्वच्छताका लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग गर्ने” ध्येय रहेको छ ।

‘स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सामाजिक सञ्जालको उपयोगलाई सुरक्षित, व्यवस्थित, विश्वसनीय, मर्यादित र पहुँचयोग्य बनाउने’ लक्ष्य रहेको उक्त नीतिको उद्देश्य निर्वाचनसम्बन्धी सूचना भरपर्दो, मितव्ययी, गुणस्तरीय र पहुँचयोग्य बनाई सामाजिक सञ्जालको उपयोग र नियमनलाई प्रभावकारी बनाउने हो । आयोगका सूचना, गतिविधि तथा निर्वाचन शिक्षा सामग्री सामाजिक सञ्जालमार्फत आमनागरिकसमक्ष पुर्याई सहज पहुँच र निर्वाचनको विश्वसनीयता अभिवृद्धिका लागि सामाजिक सञ्जालको उपयोगमा बहुपक्षीय समन्वय र सहकार्यका लागि सहयोग पुग्नेछ ।

नीतिमा ६ वटा रणनीति र रणनीतिअन्तर्गत ३० वटा कार्यनीति तय गरिएको छ । नीति कार्यान्वयनका लागि निर्देशक समिति र कार्यान्वयन समिति जस्ता संस्थागत व्यवस्था गरी समितिका काम, कर्तव्य र अधिकारसमेत परिभाषित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन