साउन २२, पोखरा । कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले आव ७२ ÷७३ को असार मसान्तसम्म सेवा निवृत्त दुई हजार ३८६ जना कर्मचारीलाई रु २२ करोड ९३ लाख ६७ हजार कोष कट्टी रकम र मुनाफा भुक्तानी गरेको छ । 

कार्यालयले सोही अवधिमा घर सापटीमा र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, पोखरा । कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले आव ७२ ÷७३ को असार मसान्तसम्म सेवा निवृत्त दुई हजार ३८६ जना कर्मचारीलाई रु २२ करोड ९३ लाख ६७ हजार कोष कट्टी रकम र मुनाफा भुक्तानी गरेको छ । 

कार्यालयले सोही अवधिमा घर सापटीमा र"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेवा निवृत्त कर्मचारीलाई बाइस करोड ९३ लाख भुक्तानी

२०७३, २२ श्रावण शनिबार ०९:२६

साउन २२, पोखरा । कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले आव ७२ ÷७३ को असार मसान्तसम्म सेवा निवृत्त दुई हजार ३८६ जना कर्मचारीलाई रु २२ करोड ९३ लाख ६७ हजार कोष कट्टी रकम र मुनाफा भुक्तानी गरेको छ । 

कार्यालयले सोही अवधिमा घर सापटीमा रु २१ करोड १० लाख ४५ हजार र शैक्षिक सापटीमा रु २१ लाख ३० हजार साँवाब्याज असुल गरेको शाखा प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

कार्यालयले ३५ जना सञ्चयकर्तालाई घर सापटीमा करिब रु ९ करोड १५ लाख चार हजार र शैक्षिक सापटीमा १२ जनालाई रु दुई करोड २७ लाख २६ हजारसमेत ऋण प्रवाह गरेको थियो । 

शाखाले सोही अवधिमा नौ हजार २९० जना सञ्चयकर्तालाई रु एक अर्ब सात करोड ७९ लाख ३७ हजार विशेष सापटी दिएको थियो । 

सामाजिक सुरक्षण सुविधा अन्तर्गत छजनालाई कल्याणकारी बिमा तर्पm रु सात लाख ९० हजार, काजकिरिया खर्च अनुदान तर्पm २१ जनालाई रु पाँच लाख ८० हजार, दुर्घटना क्षतिपूर्ति तर्पm चार जनालाई चार लाख र सुत्केरी तथा शिशु स्याहार खर्च अनुदानतर्पm ७१८ जनालाई रु ५३ लाख ८५ हजार प्रदान गरिएको शाखा प्रमुख पौडेलले बताउनुभयो । 

सबै रोजगारलाई सञ्चयकोष भन्ने अभियान अन्तर्गत यो अवधिमा ११ वटा सङ्घ संस्थाका करिब २०० कर्मचारी तथा कामदारको कोषकट्टी रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने सम्झौता गरिएको थियो । 

कोषमा आवद्ध सञ्चयकर्ता कर्मचारीलाई दुर्घटना क्षतिपूर्तितर्पm एक लाख २५ हजार, काजकिरिया खर्चतर्पm रु .३० हजार र औषधोपचार शीर्षकमा बढीमा रु ५० हजार र सुत्केरी तथा शिशु स्याहार कार्यक्रम अन्तर्गत रु सात हजार ५०० सहुलियत दिइने गरिएको छ । 

सञ्चयकर्ता कर्मचारीलाई कोषले गण्डकी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा औषधोपचार गर्दा कोषको परिचयपत्रको आधारमा परीक्षण शुल्कमा रु ५० , भर्ना शुल्कमा रु १००, एक्सरेमा कम्तीमा १० प्रतिशत, ल्याब परीक्षणमा १० प्रतिशत र औषधिमा पाँच प्रतिशत छुटको व्यवस्था समेत मिलाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते