२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा ४० वर्षमाथिको भेट्रान फुटबल प्रतियोगिता हुने

२०७७, १९ फाल्गुन बुधबार १६:२३

फागुन १९, कास्की (रासस) । पोखरामा यही फागुन २४ देखि २९ गतेसम्म ‘चौथो रञ्जित गुरुङ स्मृति तथा १० औँ बगर भाइ खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ हुने भएको छ ।

पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकर्मी तथा खेलकूदमा योगदान पु¥याएका व्यक्ति आबद्ध संस्था बगर भाइ खलक पोखराले प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको हो ।

पोखराको  पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका महासचिव यामबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा काठमाडौँ, वीरगञ्ज, हेटौँडा, चितवन, वालिङ, बुटवलबाट गरी २८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यसअघिका संस्करणमा भारतलगायत विदेशी मुलुकका टोलीले प्रतियोगितामा सहभागिता जनाउने गरे पनि यसपटक कोभिड–१९ का कारण विदेशी टोली छैनन् ।

चालीस वर्षदेखि ६५ वर्र्ष उमेर समूहका पाका खेलाडीको खेलबाट नयाँ पिँढीलाई खेलकूदप्रति अभिरुचि जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्य आयोजकले राखेको छ । प्रतियोगिताको उपाधि विजेताले टोलीले रनिङ शिल्डसहित नगद रु एक लाख ११ हजार १११ र द्वितीय हुने टोलीले रु ५५ हजार ५५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने