साउन २२, हेटौडा | सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा २०७३ पुस १४ गतेबाट हेटौँडामा दोश्रो अन्तराष्ट्रिय हेटौँडा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।प्रतिष्ठानले आज शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, हेटौडा | सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा २०७३ पुस १४ गतेबाट हेटौँडामा दोश्रो अन्तराष्ट्रिय हेटौँडा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।प्रतिष्ठानले आज शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै"/>
२६ पुष २०८२, शनिबार
मकवानपुर - MKW

दोश्रो अन्तराष्ट्रिय हेटौँडा गोल्डकप पुस १४ वाट हुने

२२ श्रावण २०७३, शनिबार १५:१९

साउन २२, हेटौडा | सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा २०७३ पुस १४ गतेबाट हेटौँडामा दोश्रो अन्तराष्ट्रिय हेटौँडा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।प्रतिष्ठानले आज शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो पुस १४ गतेबाट २३ गतेसम्म हुने जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले यो वर्ष प्रतियोगितामा १० वटा टोलीलेसहभागिता जनाउने बताए । प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन मनाङ मस्र्याङदी सहित नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र पुलिसको एपिएफ, झापा ११ तथाभारत, भुटान र बंगालादेश सहित हेटौँडाको विजय युथ क्लबको सहभागिता रहने जनाईएको छ । प्रतियोगिताको विजयी टीमले यो वर्षबाट ५ लाख नगद सहितशिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले ३ लाख नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगितामाविधागत रुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मकवानपुरका शिक्षासेवी पुरणबहादुर जोशीले मकवानपुरे खेल क्षेत्रलाई आफ्नौ सदैब साथ तथा सहयोग जारी रहने बताए । कार्यक्रममाबोल्दै एमाले मकवानपुरका नेता तथा जिल्ला खेलकुद विकास समितीका पूर्व अध्यक्ष हरिबहादुर महतले खेल क्षेत्रको विकासको लागि सबै मकवानपुरे एक भएरलाग्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका माइकल रामचन्द्र अर्याल, पत्रकार प्रताप विष्ट, जिल्ला खेलकुद विकास समिती मकवानपुरका अध्यक्ष माधवतिमल्सिना लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । प्रतियोगिताको आयोजनाको लागि ५० लाख रुपैँया लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो