अजयकुमार साह | साउन २२, उदयपुर । उदयपुरको पूर्वि गाविस ठोक्सिला–९ का एक पुरुषले ८ बर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह | साउन २२, उदयपुर । उदयपुरको पूर्वि गाविस ठोक्सिला–९ का एक पुरुषले ८ बर"/>
२६ पुष २०८२, शनिबार
उदयपुर - UDP

८ वर्षका बालक असार २२ गतेदेखि बलात्कृत

२२ श्रावण २०७३, शनिबार १६:०५

अजयकुमार साह | साउन २२, उदयपुर । उदयपुरको पूर्वि गाविस ठोक्सिला–९ का एक पुरुषले ८ बर्षे बालकलाई नियमित यौन शोषण गरेको आरोपमा पक्राउ परेकाछन् । ८ बर्षिय एक वालकलाई सोही ठाउँका १७ वर्षिय श्याम भन्ने रोमन सेढाईले पटक पटक यौन शोषण गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालकको आमाले दिएको जाहेरीको आधारमा सेढाईलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक भिमप्रसाद सिलवालले जानकारी दिए । प्रहरी निरीक्षक सिलवालका अनुसार मुलुकी ऐनको जवरजस्ती करणी महल अन्तर्गत अप्राकृतिक मुख मैथुन गरेको कसुर अन्तर्गत मुद्दा चलाई सकेको बताएकाछन् ।

पिडित बालकलाई ललाई फकाई महिनौ दिन देखी यौन क्रियाकलाप गर्न बाध्य बनाएको र केही दिन देखी बालकले अस्वभाविक क्रियाकलाप देखाएको र बालक विरामी भएपछि आफ्नो छोरो बलात्कृत भएको घटना बाहिर आएको पिडितका आमाले बताएको प्रहरीले जनाएको छ ।

आरोपी सेढाईले पीडित बालकलाई ललाई फकाई गत असार २२ गतेदेखि अप्राकृतिक मुख मैथुन, हस्त मैथुन गर्न लगाई अप्राकृतिक रुपमा पटक–पटक मलद्वारमा यौन क्रिडा गरेको पीडित बालकलाई उध्रित गर्दै उनका आमाले बताईन् । पीडितका आमाका अनुसार आरोपी सेढाईले करिव १ महिनादेखि अप्राकृतिक मुख मैथुन गराउँदै आएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो