साउन २३, देउखुरी । गढवाको कृषि हाटबजार ब्यबस्थापन समितिले आईप्याक परियोजनाको सहयोगमा स्थापना गरेको कृषि हाटबजारलाई थप ब्यबस्थित गर्न  सर्बदलिय सर्बपक्षिय अन्तरक्रिया गरेको छ । जिल्लाकै एक मात्र कृषि हाटबजार लाई ब्यवस्थीत गर्न गढवा क्षेत्रमा रहेका रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, देउखुरी । गढवाको कृषि हाटबजार ब्यबस्थापन समितिले आईप्याक परियोजनाको सहयोगमा स्थापना गरेको कृषि हाटबजारलाई थप ब्यबस्थित गर्न  सर्बदलिय सर्बपक्षिय अन्तरक्रिया गरेको छ । जिल्लाकै एक मात्र कृषि हाटबजार लाई ब्यवस्थीत गर्न गढवा क्षेत्रमा रहेका रा"/>
२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको गढवा हाटबजार ब्यवस्थीत गर्न अन्तरक्रिया

२०७३, २३ श्रावण आईतवार ०७:५१

साउन २३, देउखुरी । गढवाको कृषि हाटबजार ब्यबस्थापन समितिले आईप्याक परियोजनाको सहयोगमा स्थापना गरेको कृषि हाटबजारलाई थप ब्यबस्थित गर्न  सर्बदलिय सर्बपक्षिय अन्तरक्रिया गरेको छ । जिल्लाकै एक मात्र कृषि हाटबजार लाई ब्यवस्थीत गर्न गढवा क्षेत्रमा रहेका राजनितिक दल, संघ संस्था,गाबिसका प्रतिनिधि,वडा नागरीक मञ्चका संयोजकहरु र गाबिस भरका कृषि समूहका प्रतिनिधिहरु लाई एकै ठाउँमा भेला गराईएको आईप्याक परियोजनाले जनाएको छ । 

   छलफल पछि कृषिउपज हाटबजारलाई थप ब्यबस्थित बनाउन कृषकहरुलाई जागरुक बनाउनु पर्ने,हाट बजारमा चर्पि,पिउने पानी, फोहर ब्यबस्थापनका लागी डष्टविन राख्ने र पशुपंछिहरुको पनि बिक्री बितरणको ब्यबस्था गर्ने बिषयमा ब्यापक छलफल भएको छ । उक्त हाटबजारलाई ब्यबस्थापन गर्न समितिले अबका दिनमा बिशेष योजनाहरु संचालन गर्ने अध्यक्ष चन्द्रराज पाण्डेयले बताउनु भएको छ ।

समितिका अध्यक्ष चन्द्रराज पाण्डेयको अध्यक्षता तथा आईप्याक परियोजनाका भरत नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा परियोजनाका डिल्ली बहादुर डाँगी,देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्रका अध्यक्ष हरि पोख्रेल, नेपाली काँग्रेसका तेज प्रसाद न्यौपाने,एमाले गढवाका अध्यक्ष राम प्रसाद गैरे, माओबादी केन्द्रका बिर बहादुर आले,राष्ट्रिय जनमोर्चाका गुणनिधि शर्मा,शिसा नेपालकी राधा यादव,दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष श्रीधर कँुवर र श्यामदेव चौधरी लगाएतकाले बोल्नु भएको थियोे । हाटबजार समितिका रमेश न्यौपनेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन पटवारी यादवले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो