डिल्लीराज रावत | साउन २३, सल्यान ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डिल्लीराज रावत | साउन २३, सल्यान । 
२१ मंसिर २०८२, शनिबार
समाज

परिक्षा आयो, विद्यार्थीको हातमा पुस्तक छैन

२३ श्रावण २०७३, आईतवार १३:२३

डिल्लीराज रावत | साउन २३, सल्यान । त्रैमासिक परिक्षा शुरु हुदा सम्म सल्यान सदरमुकाम आसपासकै विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । 

सल्यानको शारदा नगरपालिका भित्रको सदरमुकाम नजिकै मार्केमा रहेको श्री त्रिभुवन जनता उच्च माविमा ९ कक्षामा अध्ययनरत विद्यार्थीले विज्ञान र नेपाली जस्ता अनिवार्य विषयका पाठ्यपुस्तक पनि पाएका छैनन । उनिहरुले ऐच्छिकको रुपमा अध्ययन गरिरहेका अर्थशास्त्र र शिक्षा बिषयका पुस्तक  समेत पनि पाएका छैनन ।

त्रिजउमावि मार्केमा कक्षा ९ का विद्याथी जीवन महान्तले विद्यालयमा त्रैमासिक परिक्षाको समय आएको तर किताबहरु नआएको भन्दै गुनासो पोेखेका छन । उनले भने ः “शिक्षकले आफुहरुलाई परिक्षा दिने भए देउ नदिने भए पनि के भनम त भनेका छन हामीले नपढेर कसरी परिक्षा दिनु पढाइ नै भएको छैन ।”

आफुहरुले शिक्षकलाई बारम्बार भने पनि शिक्षकले किताब उपलब्ध नगराएको अर्का विद्यार्थी महेन्द वि.क ले दुखेसो पोखेका छन । उनले भने “कोर्ष फेरिएको छ रे पुरानो कोर्ष पढेर परिक्षा दिएको भएपनि केहि हुनेथियो, त्यो पनि हुन सकेन परिक्षामा के लेख्नेहोला ।” त्यस्तै कक्षा ९ कै रमा विष्टले भएका शिक्षकले पनि पुरा नपढाएको ४ महिना पुग्दा सम्म पनि दुई तिन पाठ मात्रै पढाएको भन्दै गुनासो गरेकि छन । त्यस्तै अर्की छात्रा कमला भण्डारीले विद्यालयमा सरहरुले पनि लापरवाहि गरेको ४ घण्टी भन्दा पछीका कुनैपनि विषय कुनैदिन पढाइ नभएको बताएकी छन । उनले भनिन “सरहरु हुदापनि पढाउन आउदैनन हामीले के पढ्ने हामीलाई थाहै छैन परिक्षा आयो ।”

विद्यार्थीलाई पाठ्यपुस्तक किन दिन नसकेको भन्दा विद्यालयका प्राचार्य प्रेम बहादुर वलीले आफ्ना कारण नभई पुस्तक व्यावसायीका कारण पुस्तक नआएको आरोप लगाएका छन । उनले पुस्तक व्यवसायीले विद्यालयलाई दिने गरि एकमुष्ट रकम बुझेको तर रकम बुझे अनुसार पुस्तक उपलब्ध नगराएको आरोप लगाएका छन । उनले यो समस्या आफ्नो विद्यालयको मात्र हैन सल्यान जिल्लाका अधिकांश विद्यालयको भएकाले यसको कारण समयमा पाठ्यपुस्तक समयमा ल्याउने गरी पुस्तकको ठेक्का लिएका व्यावसायीलाई सोध्न भनेका थिए । विद्यालयका अर्का एक जना शिक्षकले भने पाठ्यपुस्तक अभाव छ तपाइले ल्याइदिनु हुन्छ र ? भनि पत्रकारलाई नै प्रश्न गरेका थिए ।

पुस्तक तथा स्टेशनरी व्यवसायी समिती सल्यानका अध्यक्ष नरेन्द्र बुढाले जिल्ला शिक्षा कार्यालयले सल्यानका व्यवसायीको कामलाई वास्ता नगरी शिक्षकहरलाई कमिसनको पछाडी दौडाउन लगाउदा जिल्लामा अहिलेको समस्या देखा परेको बताएका छन । आफुहरुले सल्यान जिल्लाभर व्यवस्थीत पुस्तक उपलब्ध गराउने गरी ६ स्थानमा डिपो संचालन गरेको जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराएर अर्डर गर्नको लागि गरिएका सुचनाको वास्ता नै नगरी शिक्षकहरुले कमिसन पाइने ठाउहरु खोज्दै नेपालगञ्ज, कोहलपुर, तुल्सीपुर जस्ता शहरमा चहारेकाले यो समस्या आएको बुढाको भनाइ रहेको छ ।

आफुले समयमा अर्डर पाएका ठाउमा पाठ्यपुस्तक गएको तर जव अन्य ठाउँमा खोजेर नपाइ पछि आएकाहरुले किताब नपाएको सल्यान पुस्तक तथा स्टेशनरी व्यवसायी समितिका सचिव डम्बर के.सी. ले बताएका छन ।

जिल्लाभरी भएका ६ वटा डिपोका साथिहरुका केहि कमजोरी भएता पनि कमिसन खोज्दै ठाँउ ठाँउ जानुभएका सरहरुका विद्यालयमा त्यो समस्या देखिएको पुस्तक व्यवसायीको आरोप रहेको छ । सचिव केसीले भने “अघिल्ला बर्ष कमिसन कति छ भन्दै आउनुहुन्थ्यो त्यो बेला आफुले अन्य व्यवसायको आशा गर्दै पाठ्यपुस्तकमा नाफा नलिएर नाफाभरी कमिसन दिन्थ्यौ अहिले समयमा नै सबैले किताब पाउन र आफुलाई पनि केहि फाइदा हवस भनी संस्थागत रुपमा आफुले चालेको अभियानमा जिल्ला शिक्षाले साथ नदिएको समस्या आएको हो ।

पोहरसाल सरहरुलाई कमिसन आउने भएकाले उनिहरु किताब समयमा लिन्थे यो बर्ष आफुले कमिसन नदिने भनेपछि कमिसन खोज्ने सरहरुको विद्यालयमा पुस्तक नपुगेको व्यवसायीको आरोप छ ।

यता जिल्ला शिक्षा कार्यालय सल्यानले भने समयमा नै विद्यालयको खातामा पाठ्यपुस्तकको रकम पठाइएको र उनिहरुले पाठ्यपुस्तक समयमा उपलब्ध गराउने गरी जिम्मेवारी लिएको बताएका छन । सहायक जिल्ला शिक्षा अधिकारी दिनानाथ पन्थिले सल्यानका व्यावसायीले भनेजस्तो जिल्ला शिक्षा कार्यालयले किताब किन्ने कुरामा सिन्डिगेड गर्न नसक्ने भन्दै विद्यालयले आफै किन्नुपर्ने भएकाले जहाँबाट भएपनि समयमा नै पाठ्यपुस्तक ल्याउने काम विद्यालको भएको बताएका छन । आफुहरुले तोकेको ठाँउमा मात्रै किताब किन भनेर जिल्ला शिक्षाले नै त्यस्तो नगर्ने उनले बताएका छन । विद्यालयका शिक्षकहरु कमिसनको पछाडि लागेकाले समस्या आएको भन्ने गुनासोका बारेमा जिल्ला शिक्षा कार्यालयमा कुनै जानकारी नआएको उनले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य