साउन २३, पर्बत | मानिसले दैनिक उपभोग्य सामाग्री ओसारपसारमा प्रयोग गरिने प्लाष्टिक झोला निषेध गर्न पर्वतमा अभियान थालिने भएको छ । गैर्ह सरकारी संस्था आमा नेपालको प्लाष्टिक झोला निषेध गरौ र वैकल्पिक झोला प्रयोग गरौ भन्ने अभियानलाई पर्वतका सरोकारवाला निकायले समर्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, पर्बत | मानिसले दैनिक उपभोग्य सामाग्री ओसारपसारमा प्रयोग गरिने प्लाष्टिक झोला निषेध गर्न पर्वतमा अभियान थालिने भएको छ । गैर्ह सरकारी संस्था आमा नेपालको प्लाष्टिक झोला निषेध गरौ र वैकल्पिक झोला प्रयोग गरौ भन्ने अभियानलाई पर्वतका सरोकारवाला निकायले समर्थ"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्लाष्टिक झोला निषेध गर्न पर्वतमा अभियान थालिने

२३ श्रावण २०७३, आईतवार १४:१४

साउन २३, पर्बत | मानिसले दैनिक उपभोग्य सामाग्री ओसारपसारमा प्रयोग गरिने प्लाष्टिक झोला निषेध गर्न पर्वतमा अभियान थालिने भएको छ । गैर्ह सरकारी संस्था आमा नेपालको प्लाष्टिक झोला निषेध गरौ र वैकल्पिक झोला प्रयोग गरौ भन्ने अभियानलाई पर्वतका सरोकारवाला निकायले समर्थन जनाएका छन् । 

उक्त संस्थाले प्लाष्टिकको प्रयोग मानव जीवनमा हानिकारक हुन्छ भन्ने विषयमा प्रशिक्षण कार्यक्रमको आयोजना आइतवार पर्वतको कुश्मा गरेको थियो । सो कार्यक्रमका लागि कुश्मा नगरपालिका र एकता क्लवले सहयोग गरेका थिए । आमा नेपाल संस्थाकी कोषाध्यक्ष सुचना सिग्देलले प्लाष्टिकको प्रयोगले मानव जीवनमा पार्ने असरबारे बताएकी थिईन् । उनले वातावरणलाई संकटमा पार्ने प्लाष्टिकको प्रयोग रोक्न सरोकारवालाहरुलाई आग्रह समेत गरिन् । प्लाष्टिक झोला डाइअक्साइड, एट्रोगेन, सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड जस्ता हानिकारक तत्वहरु मिसाएर बनेको हुन्छ । प्लाष्टिक कहिल्यै पनि नकुहिने हुँदा यसको प्रयोगले वातावरणमा नकारात्मक असर पार्ने हुँदा प्लाष्टिकको प्रयोग रोक्नुपर्नेमा सहभागीहरुले सहमति जनाएका थिए ।

प्लाष्टिकका प्रयोग नगरी वैकल्पिक झोला प्रयोग गर्न कार्यक्रममा सवैलाई सुझाव दिईएको थियो । उनीहरुले प्लाष्टिक प्रयोगलाई रोक्न अभियान नै थालिनु पर्ने समेत बताए । कार्यक्रममा सफा कुश्माका लागि सामूहिक अभियानका अध्यक्ष खडानन्द आचार्य, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, उवासंघ पर्वतका केदारनाथ शर्मा, कुनपा प्रतिनिधि लालप्रसाद शर्मा, एकता क्लवका अध्यक्ष अच्युत तिवारी लगायत अन्य संघसंस्थाका प्रतिनिधि र संचारकर्मीहरुको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला